जनप्रतिनिधि र भू— माफियाको मिलोमतोमा ७ करोडको जग्गा कब्जा
जनप्रतिनिधी नै भूमाफियासंग मिलेपछि रुपन्देहीको सियारी गाउपालिकाका पशुराम अहिरको करिब ७ करोडको जमिन जग्गा दलालको कब्जामा परेको छ ।
अहिरको १७ कठ्ठा १० धूर जग्गा हत्याउन सोहि पालिकाका वडा नम्बर ३ का अध्यक्ष घिसन यादवको सहयोगमा गाउपालिका अध्यक्ष अयोध्या थारुका सहोदर भाई ढालबहादुर थारुले योजना बनाएका थिए । अन्ततःगोत्वा थारुको योजना अनुसार वडाध्यक्ष यादवको ज्वाई जोगेन्द्र यादव र चुरामणी चौधरीको नाममा सरकारी अड्डालाई समेत झुक्काएर जग्गा पास गरिएको छ ।
जग्गापास गर्न आवश्यक चार किल्ला र बैंकिक कारोबारको भौचर भने नक्कली बनाई पेश गरीएको छ । जिल्ला मालपोतका कर्मचारीलाई प्रभावमा पारी उक्त जग्गा माघ २२ गते पास गरिएको हो । उक्त कुराको पुष्टि अनिवार्य कागजातको रुपमा रहनुपर्ने बैकको चेकको रकम बापतको गुड फर पेमेन्ट लेटर र चारकिल्लाको फोटोकपि पेपरले गर्दछ ।
लेखापढि व्यवसायी समितीका अध्यक्ष समेत रहेका भागवत प्रसाद उपाध्यय (१४।०७३) ले तयार पारेको लिखतमा पेश गरिएको सियारी गाउपालिका वडा नम्बर २ को लेटरहेडमा रहेको चारकिल्ला समेत नक्कली देखिएको छ । उक्त चारकिल्ला आफुले नदिएको वडाध्यक्ष रामकिशन चौधरीले सार्वजनिक रुपमै बताएका छन् ।
वडाध्यक्षले भैरहवा क्षेत्रका पत्रकारहरुले लिएको अन्तर्वातामा आफु त्यस दिन बिदामा भएको बताउदैं मालपोतमा पेश गरिएको चार किल्ला आफुले नदिएको प्रस्टाएका छन् । २०७७ माघ १९ गते मा सियारी वडा नम्बर २ बाट जारि भएको पत्रको चलानी नम्बर ११४० लेटरहेडमा परशुराम अहिरको कित्ता नम्बर १४००, कित्ता नम्बर १४०३ र कित्ता नम्बर ९७८ चारकिल्ला सिफारिश रजिस्ट्रेशन प्रयोजनकोलागि भनिएको छ ।
वडाध्यक्षको हस्ताक्षर समेत रहेको उक्त पत्र मालपोतमा पेश भएको लिखतमा समेत संलग्न भएता पनि उक्त पत्रमा आफुले हस्ताक्षर नगरेको बताउदैं वडाध्यक्ष चौधरीले किर्ते भएकोले सरकारी कागजात किर्ते गर्नेलाई कारबाहि गर्न माग गरेका छन् ।
सोहि चारकिल्लाको आधारमा गाउपालिका अध्यक्ष अयोध्यया थारुको भाई ढालबहादुरले आफ्नै छोरा चुरामणीको नामममा रजिस्ट्रेशन गराएका छन् । ढालबहादुरले उक्त जग्गामध्ये कित्ता नम्बर ९७८ स्थानिय विद्या यादवलाई १२ लाखमा बेचिसकेका छन् । उक्त जग्गा पास गर्दा ढालबहादुरले परशुरामको नाममा चेक दिएको भएता पनि उक्त चेक रकम नहुदा फिर्ता भएको छ ।
जग्गा किनबेचको कारोबार गर्दा २० लाख रुपैयामा चुरामणीले परशुरामको ४ कठ्ठा ३ धूर जग्गा खरिद गरेको र चौधरीले परशुरामको मेगाबैंकमा रहेको खातामा रकम जम्मा गरेको भौचर समेत छ । तर उक्त रकम खातामा भने जम्मा हुन सकेन ।
सोहि दिन वडाध्यक्ष घिसनले आफ्नो ज्वाई जोगेन्द्रको नाममा जग्गा नामसरी गर्नेगरी ३ नम्बर वडा कार्यलयको लेटरहेडमा चलानी नम्बर ७६१ बाट मालपोत कार्यलयको नाममा पत्र लेख्दैं परशुराम अहिरको १० वटा कित्ताको चारकिल्ला सिफारिश गरेका छन् ।
कित्ता नम्बर ३१९, कित्ता नम्बर ५०३, कित्ता नम्बर ७८५, कित्ता नम्बर ७८७, कित्ता नम्बर ७८९, कित्ता नम्बर ७९१, कित्ता नम्बर ३२१, कित्ता नम्बर ३२३, कित्ता नम्बर ७९३ र कित्ता नम्बर ४८१ चारकिल्लागरी मालपोतमा रजिस्ट्रेशन प्रयोजनकोलागि पठाएका छन् । उक्त कित्ता मध्ये ७८७, ७८९ र ३२१ के जग्गा पक्कि बाटोसंग जोडिएको भएता पनि कच्ची बाटो भनि सिफारिश गरेका छन् । जसको कारण जग्गाको मूल्यांकन घट्न गई राजस्व छलि भएको देखिन्छ ।
अर्कोतिर उनकै डिजाईनमा ज्वाई जोगेन्द्र यादवले बिना पैसाको ८० लाखको चेक परशुरामको मेगा बैंकमा जम्मा गरेको देखाइएको छ । गज्जबको विषय त यो छ की चेक बुझेको बैंकले क्यास रिसीभ भनेर छाप लगाईदिएको छ ।
मालपोत कार्यलयले नगदी कारोबारको बैंकको छाप देख्दा गुड फर पेमेन्ट लेटर आवश्यक नठानी रजिस्ट्रेशन गराएको देखिन्छ । ८० लाख रकम दिने हैसियत समेत नभएको व्यक्तिले दिएको चेक रकम जम्मा गरेको भौचरमा बैंकको समेत संलग्नतामा क्यास रिसीभको छाप लगाईएको देखिन्छ ।
यसरी ढालबहादुर र घिसनको योजनामा बैंक र मालपोतका कर्मचारीलाइ समेत सेटिङ गरेर परशुराम अहिरको जग्गा आफ्नो नाममा पास गर्न सफल भएका छन् ।
उक्त समूहले यतिबेला जिन्दगीभरी घर नछाडेका परशुरामलाई होटलमा राखेर मोजमस्तीमा भुलाइरहेका छन् । उनकोलागि नया नया केटि र नया नया ब्रान्डको रक्सीको जोहो गरिएको छ । उनी बौद्धिक अपांग समेत हुन् ।
साइकलमा दिनभर यताउता भौतारिरहने उनी यतिबेला नया नया कपडा लगाएर एसीवाला गाडीमा भैरहवा बुटवलका होटलहरुमा मस्ती गरिरहेका छन् । नजिकको परिवारका अनुसार उनको स्वास्थ्य अवस्था समेत कमजोर छ । तर भूमाफियाहरुले सित्तैमा जग्गा पास गरेपछि कानूनी अड्चनलाई चिर्न वकिलहरुसंग पनि छलफल चलाईरहेका छन् ।
मालपोत र नापीमा जग्गाका ठूला व्यापारी भनेर परिचीत थारु र यादवले परशुरामलाई मौजमस्तीमा भुलाएर परिवारको सम्पर्कमा समेत जान दिएका छैनन । उता परशुरामका काकाका छोरा पिताम्बर, राजेन्द्रहरु उनको खोजिकोलागि जिल्ला प्रशासन कार्यलय रुपन्देही, मानवअधिकार आयोग र पत्रकारहरु समक्ष दौडधुप गरिरहेका छन् ।
यता ढालबहादुर र घिसनको समूहले परशुरामलाई खुसी बनाउदैं परशुराम खुसी खुसी आफुहरुको सम्पर्कमा बसेको बताएका छन् । ढालबहादुर र घिसनले ठाउठाउमा भन्ने गरेका छन, “परशुराम हामीसंगै घुमिरहेको छ । सित्तैमा दिएपनि ऊ खुसी छ त अरुलाई के मतलब ?”
पुरानो तस्कर ढालबहादुर पछि किसानी समेत बने । उनले केहि बर्ष अगाडी ईको सिमेन्टको जग्गामा समेत बद्मासी गरेका थिए । जग्गा कारोबारबाट अकूत सम्पति आर्जन गरेका उनीसंग यतिबेला सियारीका सोझासाझा किसान थर्कमान छन् । जसको कारण उनी र वडाध्यक्ष घिसनले मिलेर परशुरामको जग्गा हडपेको भएता पनि कसैले बोल्ने हिम्मत गदैन ।
यता उक्त विषयमा स्थानिय मिडीयाले समाचार प्रकाशन तथा प्रसारण गरेपछि गाउपालिका अध्यक्ष अयोध्यया नै सरकारी अड्डामा मिलाउनकोलागि दबाब दिन थालेका छन् ।
टिप्पणीहरू