अमेरिकामा केटी यात्रुद्वारा नेपालीमाथि आक्रमण

अमेरिकामा केटी यात्रुद्वारा नेपालीमाथि आक्रमण

संयुक्त राज्य अमेरिकामा एशियाली मूलका अमेरिकी नागरिकमाथि आक्रमण बढ्दो छ । त्यस्तै एउटा आक्रमणमा एकजना नेपाली पनि परेका छन् । पेशाले लिफ्ट चालक (सेयर राइड सर्भिस) माथि न्यूयोर्कको क्वीन्समा पछिल्लो सिटका यात्रुले हात हालेका थिए ।

यात्रुले आशिष सापकोटामाथि अनायास आक्रमण गरेकी थिइन् । सेयर राइड (हाम्रो पठाओ र टुटलजस्तै) कार चलाएका सापकोटामाथि दुईजना यात्रुलाई उठाउने बित्तिक्कै आक्रमण भएको थियो । उनीहरूले चालकलाई हातपात गरेर कार रोक्न लगाएका थिए । चालकले पटक पटक आफूमाथि आक्रमण नगर्न अनुरोध गरेपनि उनीहरूले मुक्का बर्साइरहे । कारभित्रको सीसीटीभीमा ती सबै दृश्य कैद भएको बताइन्छ ।

तर पनि प्रहरीले आक्रमणकारीलाई पक्रनेतर्फ कुनै चासो नदेखाएकोमा सापकोटाले दुःख मनाउ गरेका छन् । प्रहरीले भने आफूहरूले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । फुटेजमा सापकोटाको अनुहारमा मुक्का प्रहार गरिएका धेरैवटा दृश्य देखिन्छ । पछि तिनै उग्र यात्रुले भनेको स्थानमा लगेर छाड्न चालक बाध्य भएका थिए ।

पटक पटकको आक्रमणपछि आप्रवासी अमेरिकीहरूले स्वतन्त्रतापूर्वक गर्दै आएको आफ्नो पेशा व्यवसायबाट पन्छिने अवस्था आएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

न्यूयोर्कमा भएको पछिल्लो आक्रमणपछि सेयर राइडिङ सेवाको सुरक्षामाथि नै गम्भीर प्रश्न चिन्ह उठेको छ । सरकारी अधिकारीहरूले ‘व्यक्तिको सुरक्षा लिफ्टको लागि आधारभूत अपरिहार्य शर्त हो ।’भनेका छन् । कम्पनीले भने ‘आफूहरूले चालकप्रति पूर्णसमर्थन गर्दै घटनाको छानबिनमा सहयोग पुर्याउन हरतरहले कोशिस गरेको’ बताएको छ ।

https://www.facebook.com/100055615313003/videos/231505618713280/

टिप्पणीहरू