मेरुदण्ड र पक्षघात भएका एकै ठाउँ
मेरुदण्ड र पक्षघात भएका व्यक्तिहरुलाई क्षमता अभिबृद्धि तथा नेतृत्व विकासको तालिम दिने उद्देश्यका साथ राष्ट्रिय भेला शुरु भएको छ ।
संघीय राजधानी काठमाण्डौंमा तीन दिनसम्म चल्ने भेला मेरुदण्डीय पक्षघात समूह नेपालको आयोजनामा भएको हो ।
सबै प्रदेशबाट प्रतिनिधिमूलक सहभागिता रहेको छ । भेलामा क्षमता अभिबृद्धि तथा नेतृत्व विकाससम्बन्धी तालिम,सरकारले प्रदान गर्ने अधिकारहरुको विषय र स्वास्थ्यको हेरचाहसम्बन्धी तालिम दिइने समूहका अध्यक्ष ऋषिराम ढकालले बताउनुभयो ।
सहभागीहरुले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई स्वास्थ्यसम्बन्धी विभिन्न प्रकारका समस्या हुने भएकाले सरकारले समाधानका निम्ति ध्यान दिनुपर्ने बताए । उनीहरुले उपचार तथा स्वास्थ्य सामाग्रीको सहज उपलब्धता हुनुपर्नेमा पनि जोड दिए ।
राष्ट्रिय भेलामा सहभागीहरुले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुले आफूले सिकेको सीप र तालिमबारे सम्बन्धित प्रदेशमा गएर कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।
टिप्पणीहरू