पठाओले नाम अङ्कित ज्याकेट प्रयोग नगर्ने

पठाओले नाम अङ्कित ज्याकेट प्रयोग नगर्ने

सर्भिस सवारीवाला “पठाओ” कम्पनीले लोगो अंकित ज्याकेट लगाएर सेवा प्रवाह गर्न रोक लगाएको छ । यसअघि राइडरहरुलाई ‘प्रोटेक्टिभ  गियर’ (ज्याकेट र ट्राउजरसहितको कपडा) अनिवार्य गरेको पठाओले तत्कालका लागि त्यसको प्रयोग नगर्न निर्देशन दिएको हो ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले पठाओको लोगो या ब्राण्ड झल्काउने कुनै पनि कपडा प्रयोग नगर्न सबै राइडरलाई जानकारी गराएका हुन् ।

‘पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफलअनुसार अफलाइन राइडको विकृतिलाई  निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालका लागि प्रोटेक्टिभ गियर प्रयोग नगर्न निर्देशन भएकाले सम्पूर्ण राइडरले पठाओको लोगो या ब्राण्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

यसअघि कोरोना महामारीका बेला स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्दै पठाओ चालकलाई प्रोटेक्टिभ गियरको व्यवस्था गरिएको थियो । त्यतिबेला अनिवार्य गरिएको प्रोटेक्टिभ गियर पछिल्लो समय विवादका कारण हटाइएको हो । विज्ञप्तिमा सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट हुनसक्ने कारवाहीप्रति सचेत गराउँदै त्यसको जिम्मेवारी कम्पनीले  नलिने प्रष्ट गरिएको छ ।

टिप्पणीहरू