प्रदेश प्रमुखले स्थगित गरेर मुख्यमन्त्रीले मस्कदै होली खेले

प्रदेश प्रमुखले स्थगित गरेर मुख्यमन्त्रीले मस्कदै होली खेले

कोरोना ‘कमब्याक’ भएपछि प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संक्रमणको अवस्थालाई ख्याल गर्दै १५ चैतमा राखेको होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गराएका छन ।

प्रदेशका सबै मन्त्री , सांसद , सुरक्षाकर्मी ,नागरिक समाज , पत्रकार उद्योगी व्यापारी , कर्मचारी , दलका नेता र पेशाकर्मीहरुलाई कार्ड पठाएर होली कार्यक्रममा प्रदेश प्रमुख अधिकारीले निम्तो गरेका थिए ।

विराटनगरको कञ्चनबारीमा रहेको कार्यलयमा भव्य सामियना लगाएर विहान १० देखी दिउँसो १ बजेसम्म खाना सहित होलीको शुभकामना आयोजना गर्न लागिएको थियो । तर अचानक विराटनगरमा कोरोना संक्रमितहरु बढन थालेपछि जोखिम अवस्था ख्याल गर्दै प्रदेश प्रमुखले भीडभाड हुने कार्यक्रम स्थगित गराएर सरकारको निर्देशन पालना गरेर अनुशासनमा प्रतिबद्ध रहेको देखाए ।

दोस्रो चरणको कोरोना चर्को रुपमा देखापर्न थालेपछि संघीय सरकारले कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै भीडभाड हुने कार्यक्रम नगर्न , कार्यक्रममा सहभागी हुँदा वा यात्रा गर्दा वा काममा सक्रृय हुँदा सुरक्षाका उपाय अबलम्बन गर्न निर्देशन गरिरहेको छ । सरकारको निर्देशनलाई पालना गराउन जिल्लाको सुरक्षा समिति सक्रृय रुपले लागिपरिरहेको छ । तर संक्रमणको जोखिम अनि सरकारको निर्देशनलाई वेवास्ता गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चाँही भीडभाडमा पुगेर मज्जाले होली खेलेका छन ।

मुख्यमन्त्री राई विहिबार अपरान्ह्र विराटनगरमा द्योग संगठन मोरङले आयोजना गरेको होली मिलन कार्यक्रममा शुभकामना दिन पुगेका थिए । त्यहाँ उनले शुभकामना दिएर अविरको टिको मात्र लगाएनन बरु मोडलहरुसँग मस्कदै मज्जाले रंङग दलादल गरेर होली खेले । उनले कार्यक्रममा सहभागी हुँदा समान्य मास्क समेत प्रयोग गरेनन ।

यता विहिबारै जिल्ला प्रशासन मोरङमा सुरक्षा समितिको बैठक बसेर कोरोना संक्रमण हुन नदिन भीडभाड गरेर होली खेल्न नदिने निर्णय गरेको छ । सुरक्षा समितिको निर्णय अनुसार जिल्लाभरि प्रहरीले माइकिङ गर्दे सुरक्षा सर्तकता अपनाएर मात्र होली खेल्न आग्रह गरिरहेको छ । एकतिर प्रदेश सरकारका मुख्यमन्त्री आफै निर्देशन उल्लंघन गर्दे मोडलहरुसँग मस्कदै होली खेल्ने अनि अर्कोतिर प्रहरी प्रशासन सर्बसाधारणलाई भीडभाड नगरि होली खेल्न र सुरक्षा सर्तकता अपनाउन उर्दी गर्नथालेपछि सर्वसाधारणहरु नेपालको शासन अझै सानालाई ऐन ठूलालाई चैन कै अवस्थामा रहेछ भन्दै आलोचना गर्न थालेका छन ।

मुख्यमन्त्री राईले कोरोना संक्रमणलाई बेवास्ता गर्दे गत माघमा सयौको उपस्थितीमा धुमधाम समाजिक सुधार ऐनको खिल्ली उडाउदै विहे गरेका थिए । उनले विहेको खुसीमा विराटनगरमा हजारौलाई सहभागी गराएर प्रिती भोज आयोजना गरेका थिए ।

टिप्पणीहरू