सरकारले गर्दा कोरोना कम : प्रधानमन्त्री

सरकारले गर्दा कोरोना कम : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड–१९ को प्रभाव कम परेको र नियन्त्रण गर्न सकिएको दाबी गर्नुभएको छ । उहाँले अन्य देशको तुलनामा नेपालमा कोभिडको सङ्क्रमणको असर कम परेको भन्दै फेरी पनि असर कम पर्ने बताउनुभएको छ ।

बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित ‘नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण’ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । उहाँले कोभिड–१९ को संक्रमण पुनः नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को सङ्क्रमण निर्मूल पार्न सजिलो नभएकाले पूर्णरुपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी कायम राख्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘तीन दिनदेखि लक्षणहरू फेरी नकारात्मकतातिर जान खोज्या होकी, यद्यपि स्थिति भयावह छैन । तर भयावह हुन नपाओस् भनेर हुनुभन्दा अगावै हामीले ध्यान दिनुपर्छ ।’

हिजोको भाइरसलाई हेरेर तयार पारिएको खोपले नयाँ भाइरसमा काम गर्ने वा नगर्ने यकिन नभएको बताउँदै उहाँले महामारी पूर्णरुपमा नियन्त्रण नआउञ्जेल सामाजिक दूरी, सङ्क्रमण हुने स्थितिबाट बच्ने, बचाउने र सङ्क्रमण हुने स्थिति नहोस् ।’

टिप्पणीहरू