अब रासायनिक मल कारखाना खुल्ने !
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने बताउनुभएको छ । बिहीबार पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने बताउनुभएको हो ।
विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको उहाँले बताउनुभयो । कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानहरूलाई तालिम दिन जरुरी रहेको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखाना, यस सम्बन्धमा छलफल भइरहेको छ । हामी महँगो पर्छ भने पनि केही छैन, एउटा प्रोजेक्ट नै डेडिकेटेड गरिदिन सक्छौँ मल कारखानाका लागि । प्रोजेक्ट नै डेडिकेटेड गरिदिएपछि त्यसमा नाफा, नोक्सान भन्ने कुरा भएन । त्यो प्रोजेक्ट सञ्चालन गरेर मल कारखानाको लागि खपत गर्ने हो । कृषि मन्त्रालयले मल उत्पादन तर्फपनि किसानहरूलाई तालिम दिन जरुरी छ ।’
पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा हुँदा देशलाई अगाडि बढाउन सफल भएको प्रधानमन्त्री ओलीले जिकिर समेत गर्नुभयो । हरेक दिन नयाँ उपलब्धी हासिल गर्दै नयाँ उचाइ लिएर अगाडि बढिरहेको पनि उहाँले बताउनुभयो ।
टिप्पणीहरू