अपराधमा संलग्न दाजुभाइ नै पक्राउ

अपराधमा संलग्न दाजुभाइ नै पक्राउ

विभिन्न अपराधमा संलग्न भएका तर कैद तथा जरिवाना भुक्तान नगरेका अपराधीहरुलाई समात्ने अभियानलाई उदयपुर प्रहरीले तीब्रता दिएको छ ।

अभियानअन्तर्गत चैत १२ गते जिल्ला प्रशासन कार्यालय उदयपुरको सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र नैतिकताविरुद्धको कसुरमा दोषी ठहर भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ९ रातमाटे बस्ने वर्ष २४ का रविन विक र निजका भाइ २१ वर्षीय नवीन बिक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फरार दुवैजना एकाघरका दाजुभाइ हुन् भने उनीहरुलाई उदयपुर जिल्ला प्रशासनले गत भदौ १२ गते ३२ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

न्यायिक तथा अर्धन्यायिक निकायको फैसला कार्यान्वयन गर्न फरार कैदी तथा जरिवाना तोकिएका अभियुक्तहरुको खोजी कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू