लुम्बिनी प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीलाई माओवादीको २४ घन्टे स्पस्टिकरण

लुम्बिनी प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीलाई माओवादीको २४ घन्टे स्पस्टिकरण

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा संसदीय दलको नेता कुलप्रसाद के.सीको अध्यक्षतामा बिहीबार बुटवलमा बसेको संसदीय दलको बैठकले रुपन्देही क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य दधिराम न्यौपाने (एमएस) र गुल्मीका दिनेश पन्थीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

माओवादी केन्द्रबाट निर्वाचित तर पछिल्लो समय नेकपा एमाले (ओली समूह) मा लागेको कारण माओवादी केन्द्रले कारबाही गर्न लागेको हो ।

उक्त पार्टीका नेता तथा संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्तिमगरद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “दलका सदस्य मा.दधिराम न्यौपाने र मा.दिनेश पन्थीले दल त्याग गरी अर्को दलको सदस्यता लिएको जानकारीमा आएकोले दलको तर्फबाट २४ घन्टे स्पस्टिकरण पत्र पठाइएको छ । ”

माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपाको सम्बन्धमा सर्वोच्च अदालतले फैसला गर्दै पूर्ववत पार्टी नै ब्युताइदिएको थियो । अदालतको फैसलासंगै पूर्व एमालेहरु एमालेमै र माओवादीहरु माओवादीमैं फकिएको भएता पनि दधिराम र दिनेश भने केपी ओली नेतृत्वको एमालेमा समाहित भई क्रियाशील रहेका छन् ।

माओवादी संसदीय दलको बैठकले माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा तुलराम घर्तीमगर र सचेतकमा पार्वती पुन गहतराजलाई नियुक्त समेत गरेको छ ।

टिप्पणीहरू