किसानहरु मिलेर आज भारत बन्द

किसानहरु मिलेर आज भारत बन्द

संयुक्त किसान मोर्चाले आज भारत बन्दको कार्यक्रम राखेको छ ।

बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको लागि घोषणा गरिएको एक दिने भारत बन्दको कार्यक्रम सरकारसँग असन्तुष्ट भारतीय किसानहरूको संयुक्त मोर्चाले घोषणा गरेको हो ।

आज सबेरैदेखि पञ्जाब,हरियाणा,उत्तर प्रदेश र अन्य केही राज्यबाट राजधानी नयाँ दिल्लीतर्फ जाने सबैजसो राजमार्गमा किसानले अवरोध पुर्याएका छन् । अधिकांश राजमार्ग खालि देखिएको छ ।

मोदी सरकारले हालै लागू गरेको कानुन किसानमारा भएकाले त्यसको सँशोधन गरिनुपर्ने र कृषि उपजको न्यूनतम समर्थन मूल्यको पूर्ववत् व्यवस्था कायम राखिनुपर्ने उनीहरूको माग छ । भारतमा पछिल्लो चार महिनादेखि किसान आन्दोलन भइरहेको छ । आज आन्दोलनको १ सय २० दिन पुगेको उपलक्ष्यमा मोर्चाले बन्दको कार्यक्रम राखेको हो ।

तर,किसान आन्दोलनमै सहभागी हुँदै आएका अन्य किसान संगठनहरूले भने आजको बन्दको बिरुद्ध प्रदर्शनको घोषणा गरेका छन् । राष्ट्रिय अन्नदाता संघले पनि बन्दप्रति आफ्नो समर्थन नरहेको बताएको छ ।

टिप्पणीहरू