कम्युनिष्ट आन्दोलनका केही अनुत्तरित प्रश्न !

कम्युनिष्ट आन्दोलनका केही अनुत्तरित प्रश्न !

–कौशल चेम्जोङ

एकार्कालाई वर्ग शत्रुजस्तै सम्झने नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिच २०७३ जेठ ३ गते भएको एकीकरणले नेपालको मात्रै नभएर विश्व कम्युनिष्ट आन्दोलनमा निकै हलचल ल्यायो । यसले एकातर्फ विश्वभरिका कम्युनिष्टहरु उत्साहित भए अर्कोतर्फ साम्राज्य तथा पूँजीवादी, दलाल र प्रतिक्रियावादीहरु सशंकित बन्न पुगे । यो एकताले राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन् भन्ने देखियो । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको यस गुप्त सहमतिले नयाँ तरङ्ग पैदा ग¥यो । यो छाल किनारा नलाग्दै एकाएक हराउन पुगेपछि भने नेपालको कम्युनिष्ट आन्दोलनमा धेरै प्रश्नहरु उब्जिएका छन ।

ओली र दाहालबिचको गोप्य सहमति डिस्क्लोज भएपछि एक पार्टीका दुई अध्यक्षको प्रावधानले उनीहरु निकै खतरनाक र महत्वाकाँक्षी रहेछन् भन्ने कुरा प्रस्टियो । यी दुवैले गर्ने निर्णयहरु कम्युनिष्ट सिद्धान्त र नीति, समाजवादी धार, अनि देश र जनताको हितमा भन्दा व्यक्तिगत स्वार्थ र हित र अनुुकूलताका लागि मात्रै रहेछ । त्यसैले सवल एकीकृत कम्युनिष्ट पार्टीको नेपाली सपना विपना हुने रहेनछ भन्ने प्रस्ट देखियो । यी दुवैले एकार्काको के कमजोरीलाई देखेर अध्यक्षद्वयको भूमिकालाई स्वीकार गरेका थिए ? यिनले बाहेक अन्यले जान्ने कुरा भएन । बजारमा हल्ला आए अनुसार ओलीको आयु ‘आज हो की भोली हो’ भनेपछि दाहालले एकीकरण श्रेय लिदैं ठूलो कम्युनिष्ट पार्टीको अध्यक्ष हुने ख्वाव देखेर ओलीसँग आँखा चिम्लेर एकीकरण गरे । उनले प्रचण्डपथलाई तिलाञ्जली दिए । जनयुद्धका उपलव्धिहरुलाई पनि पाखा लगाए ।

हल्ला अनुसार ओलीले दाहाललाई पनि म पछि तपाई नैं भनेर आश्वान्तित तुल्याए । फलस्वरुप एक एक जना आफ्ना विश्वसिला बबुराहरुलाई साक्षी किनारामा राखेर गोप्य सहमति गरे । र, यो गोप्य सहमतिले नेपालको कम्युनिष्ट आन्दोलनलाई सवल होइन निकै कमजोर बनाउँदै छ भन्ने कुरा स्पष्ट हुन पुगेको छ । दुई तिहाइ नजिकको जनमत दिंदा पनि कम्युनिष्टहरु जनमतको कदर गर्न सक्दैनन् वा जान्दैनन भन्ने अहिले देखिदैं छ । यी दुवै एकले अर्कोमाथि निषेधको राजनीति गरेको, कामै गर्न नदिएको भन्दै आरोपप्रत्यारोपका पुलिन्दा खडा गरे । र, जनमत कैं नाममा पक्ष र विपक्षमा बाँडिएर भाँडभैलो गर्न तम्सिए । यस्तो बेला दोस्रो पुस्ताको नेतृत्वले सजग बनेर एकीकृत कम्युनिष्ट आन्दोलनलाई विभाजनको भासबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने हो । तर, दुर्भाग्य त्यस्तै हुनै सकेन् । महत्वाकाँक्षी र निरकुंश नेतृत्वका अघि दोस्रो पुस्ताको कम्युनिष्ट नेतृत्व ‘दास भन्दा माथि’ उठ्नै सकेनन् ।

उदाहरणको लागि दुवै अध्यक्षबिच कुनै प्रकारको विवाद भएमा सचिवालय, सचिवालयमा पनि कुरो नमिले स्थायी समिति, स्थायी समिति पनि कुरो नमिले पोलिटव्यूरो, पोलिटव्यूरोमा पनि निरुपण हुन नसके केन्द्रीय समिति, केन्द्रीय समितिमा पनि मतो नमिले पार्टीको महाधिवेशनबाट विवादको टुङगो लगाउने सहमति हुनु पर्ने हो । तर गोप्य सहमतिको ३ नम्बर बुँदामा ‘एकता महाधिवेशन नहुँदासम्म पार्टीका सम्पूर्ण निर्णयहरु विधिसम्मत र कमिटीवद्ध छलफलका आधारमा लिने तथा दुवै अध्यक्षको सहमति र हस्ताक्षर पश्चात निर्णयको आधिकारिता मानिने’ भन्ने दुईमुखे सर्प जस्तै निर्णय लिएर कम्युनिष्ट आन्दोलनलाई धरायसी बनाउने र यसका उपलव्धिहरुलाई शून्यमा पु¥याउने काम भएको छ । नेपाली राजनीतिमा उभयलिङ्गी निर्णय वा सहमतिको यो भन्दा उत्तम उदाहरण अब के होला र ? फलस्वरुप यतिखेर फुटेको गहतमा परिणत हुँदै गएको नेपाली काँग्रेस जताजतै उम्रिदैं गएको छ ।

कमाउनिष्टहरु त काम गर्न दिएन ? पार्टीभित्रैबाट सरकार असफल बनाए ? ओलीले पेलेर सिध्याए आदित्यादी भन्लान तर कम्युनिष्टहरु के भन्दै जनताका घरदैलोमा जाने ? मुख देखाउनु पनि साह्रै लाजमर्दो भएको यो बेला के भनेर कम्युनिष्ट कार्यकर्ताले लाज छोप्ने ? यो निर्णयलाई आधार मान्दा ओली र दाहालबिच समानरुपमा भयङ्कर महत्वाकांक्षाले घर गरेको प्रस्टिन्छ । दुवैले आपूmलाई सिद्धान्त, नीति, कार्यक्रमलाई होइन आफू वा व्यक्तिलाई केन्द्रमा राखेर निर्णय गर्छन् । जुन कम्युनिष्ट सिद्धान्त विपरित छ । यिनलाई देखेर होइन कम्युनिष्ट नीति तथा सिद्धान्त मन पराउँदै कम्युनिष्ट हुनेहरु यतिखेर ‘तीन चित्ताङ्’ भएका छन ।

पार्टीका वरिष्ठ, कनिष्ठ भनाउँदा नेताहरु पनि यी दुवैका नजरमा ‘लिखा’ जस्तै ठहरिएका छन । मानौं अन्य नेता वा कार्यकर्ताहरुको एमाले र माओवादी केन्द्र बनाउन कुनै भूमिका नैं थिएन । वा यिनको भूमिकालाई दुवैले पैतालाको धुलो जति पनि मानेनन । त्यसैले यी दुवैको विकल्प अन्य कुनै नेता खोज्नु थियो, वा दोस्रो पुस्ता अघि सर्नु थियो । तर यि दुवैको जालोमा दोस्रो पुस्ता यसरी जेलिए कि आपूmलाई कम्युनिष्ट नेताको रुपमा होइन, दासको रुपमा दरे । त्यसैले जो जसका पछि लागे पनि एमाले र माओवादी केन्द्रको एकीकरण हल गर्न नसक्ने पहेंली बन्न पुगेको छ ।

अनुत्तरित प्रश्न बन्न पुगेको छ ! समयले पर्गेल्दै नजाँदासम्म यतिखेर कम्युनिष्टहरुबिचको अनुत्तरित प्रश्न हुन ? १) एकीकरण किन, के का निम्ति भएको थियो ? २) एकताका आधार तथा सर्तहरु कम्युनिष्ट निष्ठाका आधारित नभई सत्ता प्राप्तीको लागि मात्रै किन बन्यो ? ३) तै पनि साँढे मै पनि साँढेको बन्ने सर्त किन अघि सारियो ? नभए ४ नम्बर बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने ।’ किन भनियो ? किन यसको पालना भएन ?यी प्रश्नहरु भन्दा निकै चर्को रहस्य बनेको विषय भनेको सर्वोच्च अदालतको फैसला हो । निरुपणको मागदावी नैं नभएको विषयमा सर्वोच्चले किन बोल्यो ? एउटा घरको ठेगान खोज्ने नाउँमा अर्कोको जोडिएको घरलाई किन फोड्यो ? यी सबै कामहरु नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने कडीमा रुपमा इतिहासमा लेखिएलान ।

कतै प्रभु वा होलीवाइन को ? कतै रअ वा कतै सिआइएको ? अनेकौं कुरा छन् । जे भए पनि घर फोडिएको छ । यो सँगै दुई तिहाइ नेपाली जनताको अभिमत तोडिएको छ के यहि बुँदाका कारण मात्रै प्रचण्डले ओलीसँग माओवादीधारलाई लम्पसार बनाएका थिए त ?

टिप्पणीहरू