बिते नवीन्द्रराज जोशी
नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको शुक्रबार साँझ निधन भएको छ । फागुन १४ गते राती मस्तिष्कघात भएपछि वीर अस्पताल हुँदै नर्भिक अस्पतालमा भर्ना गरिएका जोशीको २९ दिनपछि निधन भएको हो ।
अस्पतालले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार जोशीको सबै अङ्गले काम गर्न छाडेपछि ८ बजेर २४ मिनेटमा मृत घोषणा गरिएको हो । उपचारको क्रममा बीचमा केही दिन स्वास्थ्य सुधारोन्मुख देखिए पनि पछि अवस्था खराब हुँदै गएको बताइएको छ ।
पूर्वमन्त्री तथा संविधानसभा सदस्य जोशी काठमाडौं महानगरपालिकाका पूर्वउपमेयर समेत हुन् । ५७ वर्षीय उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् ।
टिप्पणीहरू