आर्थिक अनियमिततामा नेविसंघको आरोप प्रत्यारोप

आर्थिक अनियमिततामा नेविसंघको आरोप प्रत्यारोप

शंकरदेव क्याम्पसको बीबीएम भर्ना प्रक्रियामा आर्थिक चलखेल र अनियमितता भएको नेविसंघको एउटा पक्षले अर्को पक्षलाई आरोप लगाएको छ ।

नेविसंघको एउटा समूहले शुक्रबार विवेक लामा घिसिङलगायतको टोलीलाई उक्त आरोप लगाएको हो ।

घिसिङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘चैत १३ गते आफूलाई नेविसंघप्रति आस्थावान भन्ने तर लोकतान्त्रिक र प्रजातान्त्रिक मूल्य मान्यताभित्रको नैतिकता नभएका केही गिरोहले यस क्याम्पसमा बीबीएमको भर्ना प्रक्रियामा आर्थिक चलखेल गरेको भन्दै मलगायत सिंगो नेविसंघको चरित्रहत्या गर्ने हेतुले झुठा र सिंगो नेविसंघलाई बेइज्जत गर्ने जालसाजी मुद्दा र घटना देखाई गरिएको कार्यको व्यक्तिगत र नेविसंघ शंकरदेवको तर्फबाट घोर भर्त्सना गर्दछु ।’

उनले व्यक्तिगत मनमुटावलाई लिएर संगठनको मेरुदण्डमाथि प्रहार गर्न खोज्नु सरासर गलत र गैरकानुनी भएको उल्लेख गर्दै भनेका छन् ‘यस्ता लज्जास्पद र नैतिकता हराएका, प्रजातान्त्रिक आवेश गुमाएका क्रियाकलाप हामीलाई कदापी सह्य हुँदैन ।’

टिप्पणीहरू