शिक्षामा लगानी,बालुवामा पानी

शिक्षामा लगानी,बालुवामा पानी

पूर्वराष्ट्रपति डा. रामवरण यादवले शिक्षामा राज्यको लगानी बढे पनि उपलब्धि खस्किएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले मुलुकको शिक्षा प्रणालीमै त्रुटी रहेको बताउनुभयो । उहाँले अहिले शिक्षाको अवस्था राम्रो नभएको पनि टिप्पणी गर्नुभयो ।

पूर्वराष्ट्रपति यादवले पहिलाको तुलनामा पूर्वी मधेसको शिक्षाको अवस्था सबैभन्दा बढी खस्किदैँ गएको बताउँदै पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था केही हदसम्म राम्रो रहेको बताउनुभयो ।

उहाँले पूर्वी मधेसका बारादेखि सप्तरीसम्म शिक्षाको अवस्था चिन्ताजनक रहेको समेत बताउनुभयो । समाज रुपान्तरणको जग शिक्षा भएको बताउनुभएका यादवले शिक्षित जनशक्ति निर्माण गर्न सकेमात्रै देशको विकास छिटो हुनेमा जोड दिनुभयो ।

नेपालमा राजनीतिक परिवर्तन भएपनि शिक्षा,स्वास्थ्यजस्ता जनताका आधारभूत क्षेत्रमा अपेक्षाकृत सुधार नभएको यादवको भनाइ छ ।

टिप्पणीहरू