मुआब्जा नपाएपछि स्थानीय सडकमा
जोरपाटी–साँखु सडकखण्डमा अवरोध भएका ठाउँलाई छोडेर सडक निर्माण कार्य सूचारु गरिएपछि खुलालटार क्षेत्रका स्थानीयहरु मुआब्जा प्राप्त नभएसम्म सडक विस्तार हुन नदिने भन्दै सडकमै सुतेका छन् ।
जोरपाटी–साँखु सडक खण्डको खुलालटार क्षेत्रमा झण्डै ७० घरधुरीलाई करिब १२ करोड रुपैयाँ मुआब्जा दिन बाँकी रहेको बताइन्छ । उक्त सडक खण्ड २२ मिटर चौंडाको हुनेछ । जसमा दुबैतिर दुई मिटरको फुटपाथ रहने छ भने सवारी साधन गुड्ने सडकको भाग १८ मिटर रहने छ ।
आयोजनाका इञ्जिनियर बसन्तकुमार गुरागाईंले भने स्थानीयले सडकमै सुतेर अवरोध गरेका कारण काम प्रभावित भएको तर अवरोध नभएका ठाउँमा सडक निर्माण कार्य सूचारु गरिएको बताएका छन् ।
झण्डै १२ किलोमिटर लामो चाबहिल–जोरपाटी–साँखु सडकखण्डमध्ये चाबिहलदेखि जोरपाटी बागमती पुलसम्मको सडक यसअघि नै कालोपत्रे भइसकेको छ ।
टिप्पणीहरू