आज पनि आन्तरिक छलफलमा नेपाल–खनाल समूह

आज पनि आन्तरिक छलफलमा नेपाल–खनाल समूह

नेकपा एमाले नेपाल–खनाल समूह पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थितिको मूल्याङ्कनको निम्ति आन्तरिक छलफलमा जुटेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई समेत छ महिनाको निम्ति पार्टी सदस्यबाट निलम्बन गरेपछि उक्त समूहले आज अनौपचारिक बैठक बोलाएको हो ।

कलंकीको लामपाटीस्थित मेगा पार्टी प्यालेसमा शुरु भएको छलफलमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाललगायत राजधानीमा उपलब्ध झण्डै डेढ दर्जन नेता सहभागी हुनुभएको बताइएको छ ।

छलफलमा भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहोरा, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायत रहनुभएको बताइएको छ ।

टिप्पणीहरू