माेबाइल चार्ज गर्दा ज्यानै चट्

माेबाइल चार्ज गर्दा ज्यानै चट्

उदयपुरको कटारीमा माेबाइल चार्ज गर्दा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा कटारी नगरपालिका–४ सिम्ले बस्ने ३९ वर्षीया मन कुमारी मगर दनुवार हुन ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार बेलुका साढे ५ बजे घरमा मोवाईल चार्ज गर्ने क्रममा दनुवारलाई करेन्ट लागकाे थियो ।

करेन्टले घाईते भएकी उनलाई उपचारको लागी शान्ति हेल्थकेयर केन्द्र मिर्चैया सिरहा लगिएको थियाे । उनको उपचार सुरू नहुँदै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

टिप्पणीहरू