काङ्ग्रेस नेत्रीको आरोप: अस्थिरताको मुख्य जड केपी ओली

काङ्ग्रेस नेत्रीको आरोप: अस्थिरताको मुख्य जड केपी ओली

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा। डिला सँग्रौलाले मुलुकको राजनीतिक अस्थिरताको मुख्य जड प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले केपी ओलीको सत्ता उन्मादको कारण देश अस्थिरतामा परेको आरोप लगाउनु भएको हो ।

संघीय सांसद संग्रौलाले बहुचर्चित एमसीसी विधेयकप्रति नेपाली काँग्रेस सकारात्मक रहेको उल्लेख गर्दै विधेयकलाई अघि सार्ने काम सरकारको भएको बताउनुभएको छ । गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने सम्भावना बढेपछि रातारात संसदको हिउँदे अधिवेशन अन्त्य गर्नु गलत भएको उहाँको भनाई थियो ।

संग्रौलाले भन्नुभयो ‘अब मुलुकको राजनीतिक समाधान ओली सरकारको विघटन र नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्नुमा मात्र रहेको छ ।’

उहाँले भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच रातारात भएको भेटघाटपछि उहाँको राष्ट्रवाद उदाङ्गो भएको उल्लेख गर्दै राष्ट्रपतिले बितरण गर्नुभएको तक्माबाट चुच्चे नक्सा गायब हुनुले पनि प्रधानमत्री ओलीको राष्ट्रवाद थप प्रष्ट भएको टिप्प्णी समेत गर्नुभएको छ ।

टिप्पणीहरू