सात जना नक्कली डाक्टर सार्वजनिक
मुलुकमा नक्कली चिकित्सक (डाक्टर) को बिगबिगी रहेको पुष्टि भएको छ ।
प्रहरीले अस्ति रुकुमको चौरजहारी अस्पतालमा कार्यरत डाक्टर दीपेन्द्र गौतमलाई नक्कली प्रमाणपत्रको आधारमा कार्यस्थलबाटै पक्राउ गरेको थियो ।
गौतमसहित आज दिउँसो सार्वजनिक गरिने नक्कली डाक्टरहरू जनकपुर,बिराटनगर र काठमाडौंबाट पक्राउ परेका हुन् । उनीहरूलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले ठाउँ ठाउँबाट पक्रेको हो ।
टिप्पणीहरू