लागुऔषधसहित रात्रीबसमा सरर

लागुऔषधसहित रात्रीबसमा सरर

काठमाडौंको नागढुंगास्थित चेकप्वाईन्टमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले सवारी साधन र यात्रुको चेकजाँच गर्ने क्रममा बिराटनगरबाट काठमाडौं आउँदै गरेको ना.८ख ८००२ र ना.७ ख ७७३० नम्बरको बसमा रहेका उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सिराहाको नगराजपुर गाउँपालिका–४ का २५ वर्षीय सुनिलकुमार यादवको झोलाबाट औषधीजन्य लागुऔषध डाईजेपाम लेखिएको २ सय एम्पल,फेनरागन लेखिएको २ सय एम्पल र नुफीन लेखिएको २ सय एम्पल गरी जम्मा ६ सय एम्पल बरामद भएको छ ।

त्यसैगरी मोरङको रंगेली नगरपालिका–८ का २६ वर्षीय सुमन भण्डारीको साथबाट ‘नाइट्राभेट’ लेखिएको १ सय ४३ ट्याबलेट प्रहरीले फेला पारेको छ ।
दुवै जनालाई पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन,२०३३ अनुसार आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू