चैतमा ढुकुटीको चमत्कार

चैतमा ढुकुटीको चमत्कार

कोभिडका कारण सन् १९३० पछि विश्व अर्थतन्त्रमा पहिलो पटक यति गम्भीर असर परेको तथ्यांक आइरहेका छन् । अचम्मचाहिँ के छ भने, अघिपछि राजस्व संकलनतर्फ निराशाजनक स्थितिमा रहने नेपालमा चैत्र महिना लक्ष्यभन्दा बढी राजश्व संकलन भएको छ ।

विशेषतः पर्यटन व्यवसायले लय समात्न नसकिरहेको बेला फेरि सरकारले नियन्त्रणको नीति अबलम्बन गरेको छ । विशेषतः होटल, विमान सेवाका व्यवसायिक स्थिति मृतप्रायः बन्न पुगेको छ । यति हुँदा पनि राजस्व असुलीमा भने अचम्मै प्रगति भएको बताइन्छ ।

प्राप्त विवरणअनुसार, राजश्वको पछिल्लो लक्ष्य ७१९ दशमलव ५५ अर्बमध्ये ६८३ दशमलव ८७ अर्ब (कर र गैरकर गरेर) असुल भइसकेको छ ।

त्यसमध्ये ९५ दशमलव ०५ प्रतिशत कर र अन्य प्राप्तिसमेत गर्दा ७१९ दशमलव ४६ (९९ दशमलव ९९ प्रतिशत) राजस्व असुली भएको छ । यो असुली गत वर्षको तुलनामा १५ दशमलव ८ प्रतिशतले बढी हो ।

टिप्पणीहरू