एमालेको विदेशमा पनि समानान्तर कमिटी

अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको भन्दै पार्टीमा समानान्तर अभ्यास गरिरहेको एमालेको खनाल–नेपाल समूहले विदेशस्थित भातृ संगठन पुनर्गठन थालेको छ ।

प्रवीण पोखरेल (अध्यक्ष)
उक्त समूहले हिजो गरेको मध्यपूर्वका देशहरुको भेलाबाट एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन गरेको हो । हिजो वरिष्ठ नेता नेपालको प्रमुख आतिथ्यमा भएको भर्चुअल बैठकले कमिटी पुनर्गठन गरेको हो ।
भेलाले प्रवासी नेपाली मञ्च यूएईमा प्रवीण पोखरेलको अध्यक्षतामा २१ सदस्यीय कमिटी पुनर्गठन गरेको छ । पुनर्गठित कमिटीको उपाध्यक्षमा दिपक राउत, सचिवमा वुद्धिप्रसाद सापकोटा (बिपिन), सहसचिवमा नरेश क्षेत्री, कोषाध्यक्षमा चेतनारायण भट्टराई चयन भएका छन् ।

वुद्धिप्रसाद सापकोटा (सचिव)
त्यस्तै, सदस्यहरुमा दुर्गा भण्डारी, विमल घमाली, यादकुमार श्रेष्ठ, यज्ञ भण्डारी, बाबुराम थापा, प्रवीण गरुङ, रामकुमार राउत, दिपक पोखरेल, भेषराज भण्डारी, बाबुजी क्षेत्री, विष्णु श्रेष्ठ, केदार दाहाल, कुमार सुवेदी, प्राण वम्जन तामाङ, निवेश गोविन्द शंखर र घिमिरे जंग रजन रहेका छन् ।
त्यस्तै, भेलाले मञ्चको कुवेत अध्यक्षमा युवराज गैरे र महासचिवमा देव समशेर घिसिङलाई चयन गरेको बताइएको छ ।
पूर्वमन्त्री तथा एमाले उप–महासचिव घनश्याम भुसालको विशेष आतिथ्यमा सम्पन्न भेलामा प्रवास इञ्चार्ज श्रीप्रसाद शाहको अध्यक्षता रहेको थियो ।
टिप्पणीहरू