बादलको विजय अनिश्चित कि सुनिश्चित ?

बादलको विजय अनिश्चित कि सुनिश्चित ?

एमालेको आन्तरिक विवाद मिल्ने लक्षणसँगै रामबहादुर थापा बादलको पुनः राष्ट्रिय सभा सदस्य बन्ने सम्भावना बढेको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफूनिकट उम्मेदवार उठाएकोले थापाको पराजय निश्चित थियो ।

बिहीबार प्रधानमन्त्री ओली तथा नेता नेपालबीच भएको सहमतिले ओली सरकार ढल्नबाट जोगिएको छ भने,बेफ्वाँकमा हुन लागेको डेढ दर्जनभन्दा बढी सांसदको ‘बलिदान’ पनि रोकिएको बताइन्छ ।

विभिन्न कानुनी अड्चन र संवैधानिक जटिलताको ब्याख्या गरेर भएपनि नेपाल समूहका सांसदहरुको राजीनामा दिइएको अवस्थामा समेत शेरबहादुर देउवाको गठबन्धन सरकार बन्न सक्ने अवस्था नरहेको दावी गरिएको छ ।

टिप्पणीहरू