प्रधानमन्त्री ओलीलाई पनि कम्ति दबाब थिएन
एमालेको पछिल्लो विवाद समाधानमा सबैभन्दा ठूलो भूमिका दोस्रो तहका युवा नेताहरूको रहेको बताउन थालिएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकट भनेर चिनिएका नेतामध्ये एक्लो ईश्वर पोखरेलबाहेक सबैले वरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर अघि बढ्नुको विकल्प नभएको भन्दै सँधै दबाब दिएका थिए ।
त्यसबाहेक,उग्र भनेर चिनिएका पूर्वमन्त्रीद्वय गोकुल बाँस्कोटा र महेश बस्नेत पनि मिलाउने लाइनमै देखिए ।
नेपाल समूहमा पनि अघिल्लो पुस्ताका नेता भनेर चिनिएकाबाहेक अरु सबैले तत्काल राजीनामा दिन नहुने,बरु बिभिन्न विकल्प खोज्दा उपयुक्त हुने राय दिए ।
त्यस्तो परिस्थितिलाई नजिकबाट नियाल्दै नेपाल समूहका दोस्रो तहका नेताहरूसँग निरन्तर सम्पर्कमा अर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे,गोकर्ण बिष्ट, घनश्याम भुसाल,योगेश भट्टराई र सोमप्रसाद पाण्डेहरू रहे ।
टिप्पणीहरू