सिंहदरबारमा प्रधानमन्त्री ओली र नेपालबीच वार्ता शुरु

सिंहदरबारमा प्रधानमन्त्री ओली र नेपालबीच वार्ता शुरु

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच असहमति टुंग्याउने भन्दै वार्ता शुरु भएको छ । स्रोतका अनुसार दुईजना नेताले समस्या समाधान गर्न गठन गर्ने भनिएको कार्यदलबारे टुंग्याउने बुझिएको छ ।

कार्यदलमा अस्ति बालुवाटाको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादललाई राख्ने भनिएको थियो । तर,आज फेरि थापाको ठाउँमा टोपबहादुर रायमाझी राख्ने झिनो सम्भावना पनि रहेको बताइन्छ । पार्टीभित्र उत्पन्न समस्या समाधानको निम्ति गठित कार्यदलमा बादल र रायमाझीमध्ये एकलाई राख्नैपर्ने बालुवाटारको अडान छ ।

पार्टी प्रवेश गरेका पूर्वमाओवादी नेताहरूलाई तल्लो तहसम्मको कमिटीमा राखेर विवाद सेटल गर्ने भनिएपछि पूर्वमाओवादीको तर्फबाट कम्तिमा एकजना राख्नैपर्ने अडान आएको हो ।
कार्यदलमा नेता नेपालको तर्फबाट भीम रावल,घनश्याम भुसाल, सुरेन्द्र पाण्डे,गोकर्ण बिष्ट र रघुजी पन्त रहने पक्का देखिन्छ ।
गत शुक्रबार साँझ प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कार्यदल टुंगिने निश्चित थियो । तर त्यहाँ बादलको उपस्थिति देखेपछि उक्त विषयलाई थाति राखिएको बताइन्छ । त्यो दिन बादलको बिरोध नभएपनि सबैको मनमा चसक्क परेको सहभागीहरुको बडि ल्याङ्वेजबाटै देख्न सकिन्थ्यो ।
यता,हिजो भएको नेपाल पक्षका केन्द्रीय सदस्यहरूको जुम बैठकमा सहमति लिखित हुनुुपर्ने आवाज उठेको थियो । तर केही केहीले भने पार्टी सहमति लिखितमा नभएर पछि जारी हुने अपानिमा उल्लेख हुने बताएका छन् ।

टिप्पणीहरू