कार्की परिवारलाई नेपाली सेना फापेन
चर्चित फिल्मकर्मी,गीतकार चेतन कार्कीको आइतवार बिहान सैनिक अस्पतालमा कोभिड १९ को कारण ८४ बर्षको उमेरमा देहावसान भयो ।
स्याङ्जा पुर्ख्यौली घर भए पनि भारतको देहरादुनमा जन्मी,हुर्की अध्ययनपश्चात् ३ दाजुभाइ मातृभूमि फर्कियो । जेठा दाइ हेमबहादुर कार्की तत्कालिन शाही नेपाली सेनाको इन्जिनियरिङ्ग पट्टी कर्णेलसम्म भएर अवकाशपश्चात् भूपू सैनिक संगठनको अगुवा र राजाको पालामा राष्ट्रिय पन्चायत सदस्य बन्नुभयो ।
निर्देशक कार्कीले प्रहरीमा भर्ना हुन निकै कोशिश गरे पनि नसक्दा फिल्मी दुनियाँमा भने रम्नुभयो,जम्नुभयो । कान्छो भाइ चन्द्रबहादुर कार्की पनि नेपाल प्रहरीमा एसपी भन्दा माथि जान सक्नुभएन ।
कार्की परिवारको जान्ने छिमेकीहरु,भैसेपाटी,ललितपुरका ४ जना नातेदार ठूलो दर्जामा पुग्नुपर्नेमा विभिन्न अभियोगअन्तर्गत कोर्टमार्शल लागेर बर्खास्त हुनुभयो । ३/४ महिनाअघि उहाँको कान्छो छोरा सहायक रथी पङ्कज कार्कीलाई २ तारे जर्नेलमा प्रमोसन हुन ठिक्क भएको बेला पुरानो सहमतिको यौनसम्बन्धी घटनालाई उछालेर बर्खास्त गरियो ।
भान्जा सहायक रथी हेम खत्रीलाई पनि गौरव समशेर राणाको पालामा नक्कली प्रमाणपत्र काण्ड लगाएर पेन्सन पनि नपाउने गरी बर्खास्त गरियो । सालो मेजर बिष्णुसिंह बस्नेतलाई २०४४ सालमा पाँचथर फिदिमको गुल्मपति हुँदा रकम हिनामिना गरेको अभियोगमा सचित समशेरले बर्खास्त गर्नुभयो ।
दाजु हेमबहादुर कार्कीलाई समेत ३० को दशकमा विभिन्न भवन निर्माणको अनियमिततासङ्ग जोडेर बढुवा हुने बेला अवकाश लिन बाध्य पारियो ।
टिप्पणीहरू