महेन्द्र पी.लामाका चार जना साथीको अक्सिजन अभावमा निधन

महेन्द्र पी.लामाका चार जना साथीको अक्सिजन अभावमा निधन

भारतको दार्जिलिङमा जन्मेका विकास अर्थशास्त्री प्रोफेसर महेन्द्र पी.लामाका चार जना साथीले कोरोनाको दोस्रो लहरमा ज्यान गुमाएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा समेत अक्सिजनको अभावका कारण चार जना साथीले अकालमा ज्यान गुमाएको लामाले निकटस्थहरूसँग बताएका हुन् ।

“दुबै देशका सरकारले निर्णय गरेर बनाएको टिमको रिपोर्ट बुझ्न नमान्नु अर्घेल्याई हो । रिपोर्ट बुझ्दैमा कार्यान्वयन गर्नुपर्छ भन्ने पनि छैन । तर,भारत सरकारले पहिल्यै डराएर रिपोर्ट बुझ्न नमान्नु अचम्म हो ।’

लामा नेपाल-भारत प्रवुद्ध समूह (इपीजी) को भारतीय पक्षका सदस्य हुन् । जवाहरलाल नेहरु विश्वविद्यालयमा पनि पढाउँछन् ।

नेपाल-भारतबीचको सम्बन्धमा छ वर्षअघि निकै उतारचढाव आएपछि उक्त समूह गठन भएको हो । केपी ओली पहिले प्रधानमन्त्री हुँदा भारतसँग निकै खराब सम्बन्ध भए पनि अहिले राम्रो भएको सबैले देखेका छन् । ओली सरकार जोगाउन उसैले जसपालाई दुई टुक्रा बनाइदिएको छ ।

तर,ईपीजी प्रतिवेदन बनाए पनि अहिलेसम्म बुझाइएको छैन । ईपिजीले पहिले भारतीय प्रधानमन्त्रीलाई बुझाउने र लगत्तै नेपाललाई प्रतिवेदन बुझाउने निर्णय गरेको थियो ।

भारतले त्यतिबेला हुन्छ भनेपनि अहिलेसम्म रिपार्ट बुझन मानेको छैन । दुई देशका इपीजी संयोजकले त्यसको जिम्मेवारी लिइरहेका छन् । नेपालको संयोजक डा. भेषबहादुर थापा हुनुहुुन्छ ।

प्रतिवेदन तयार भएको झण्डै दुइ वर्ष भएको छ । करिब दुई वर्ष लगाएर बनाइएको प्रतिवेदनको अवस्था बेहाल छ । दुई मुलुकबीच सम्बन्ध सुधारिएको भनिए पनि त्यसको आधार रहेको उक्त कागजात नै बुझ्न नमानेपछि बौध्दिक तथा कूटनीतिक क्षेत्रमा शंकाको दृष्टिकोणले हेरिएको छ ।

एकजना कूटनीतिज्ञ भन्छन् ‘त्यो भारतको लज्जास्पद कार्य हो । दुबै देशका सरकारले निर्णय गरेर बनाएको टिमको रिपोर्ट बुझ्न नमान्नु अर्घेल्याई हो । रिपोर्ट बुझ्दैमा कार्यान्वयन गर्नुपर्छ भन्ने पनि छैन । तर,भारत सरकारले पहिल्यै डराएर रिपोर्ट बुझ्न नमान्नु अचम्म हो ।’

उनी भन्छन् ‘प्रतिवेदन नै नबुझ्नु भनेको हेपाहा प्रवृत्तिको पराकाष्ठ हो । आफैले जुन काम गर्न जिम्मेवारी दिएको टिम हो त्यसैले बनाएको रिपोर्ट नबुझ्नु भनेको प्रशासनिक भाषामा लाजमर्दो विषय हो । त्यो भनेको आफ्नै मान्छेप्रति गरिएको अविश्वास हो ।’

टिप्पणीहरू