राजदूतमा को-को रोकिए ?
सरकारले केहि समयअघि श्रीलंकाको लागि प्रस्तावित राजदूत भनेर हल्ला गरे पनि यादव खनाललाई यसपटक ११ जना राजदूतको नियुक्तिमा पनि बाहिर पारेको छ ।
परराष्ट्र मन्त्रालयबाट अवकाशप्राप्त खनाल नेपाल भारत प्रवुद्ध समूह ईपीजी सचिवालयमा समेत संलग्न हुनुहुन्थ्यो ।
परराष्ट्रको राम्रा करियर डिप्लोम्याटमध्येका एक ठानिएका खनाललगायतलाई पहिले नै राजदूत प्रस्ताव गरिएको उच्च स्रोतले पुष्टि गरेको थियो । तर त्यो लटका निर्मल काफ्लेलाई मात्रै गत साता गरिएको सिफारिशमा अष्ट्रियाको लागि राजदूत भनिएको छ ।
अर्का अवकाशप्राप्त सहसचिव जीवनप्रकाश श्रेष्ठलाई इजिप्टमा हालिएको छ । उहाँ अघिल्लो दिन सेवानिवृत्त भएर भोलिपल्ट राजदूत बन्नुभएको हो ।
पहिले रिक्त राजदूतमध्ये आधा मन्त्रालय भित्रबाट र आधा बाहिरबाट नियुक्त गरिन्थ्यो । यसपटक ९० प्रतिशत बाहिरबाट गरिएको देखिन्छ ।
खनालले यसअघि कोरियामा नेपाली दूतावास स्थापनार्थ निकै योगदान पुर्याएको समकालीनहरू बताउँछन् । अहिले परराष्ट्रमा जुनियरहरूले पनि राजदूत बन्न पालो पाउने अवस्था देखिएको बताइन्छ ।
कालीप्रसाद पोखरेलले निकै कोशिस गरे पनि दोहोर्याएर राजदूत नबनाउने भएपछि घर बसेका छन् । सहसचिवमध्येका हरिश्वर घिमिरेले पनि निकै आश गरेको बताइन्छ ।
टिप्पणीहरू