कोरोनाले गर्भवती उपमेयरको ज्यान लियो,तीन दिनअघि मृत शिशु निकालियो
सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
उनको विराटनगरस्थित विराट अस्पतालमा आज बिहान मृत्यु भएको हो । स्थानीय स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षण गर्दा दुई साताअघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
ज्वरो,रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि गर्भवती समेत रहेकी उनलाई उपचारको लागि बिराटनगर लगिएको थियो ।
आईसीयूमा राखेर उपचार गर्दा सुधार नआएपछि भेन्टिलेरमा सारिएको थियो । तीन दिनअघि मात्रै उनको पेटमा भएको बच्चालाई मृत अवस्थामा निकालिएको थियो ।
मृतक चौधरीका पति र ७ वर्षीय एक छोरा छन् । योसहित सप्तकोशी नगरपालिकामा कोरोना संक्रमणबाट मर्नेको संख्या ३ पुगेको छ ।
टिप्पणीहरू