भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष तथा एमाले नेता पुनको निधन
भूमी सम्बन्धि समस्या समाधान आयोग रुकुम पूर्वका अध्यक्ष सतमान पुनको निधन भएको छ ।
बाँकेको कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार विहान उहाँको निधन भएको हो ।
नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य समेत रहनु भएको नेता पुनलाई केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण भएर अवस्था जटिल बनेपछि गत वैशाख ३१ गते जिल्ला अस्पताल रुकुम पश्चिम ल्याइएको थियो । त्यसपछि पनि अवस्था ठिक नभएपछि जेठ १ गते हेलिकोप्टर मार्फत उहाँलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो ।
मगर खाम क्षेत्रका एक नेताको निधनले पार्टी र जिल्लालाई ठूलो क्षेती पुगेको एमाले नेता तथा लुम्बिनी प्रदेशका पार्टी सचिव खेममान खड्काले बताउँनुभयो ।
नेता पुन केही समय रुकुम पूर्वको पार्टी संयोजक भएर पनि काम गर्नुभएको थियो ।
टिप्पणीहरू