लमजुङको जमिन थर्किएको थर्कियै,भूकम्पका घाइते बेशीशहर ल्याइँदै

लमजुङको जमिन थर्किएको थर्कियै,भूकम्पका घाइते बेशीशहर ल्याइँदै

अत्यधिक जलबिध्युत उत्पादन क्षमता रहेको पहाडी जिल्ला लमजुङको पर्यटकीय मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको छ ।

जमिन थर्कने क्रम रोकिएको छैन ।“आफ्टर सक हो कि बिफोर सक हो भन्न सकिन्न,तर थर्काइ जारी छ ।”,उध्दारमा खटिएका जिल्ला प्रहरी प्रमुख गङ्गा थापाको अनुभव यस्तो छ । घर भत्किँदा विभिन्न स्थानका पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा बेसीशहर नगरपालिका–६ की ३६ वर्षीय उमा गुरुङ,वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे,वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ ठूलीबेँसीका २२ वर्षीय गोविन्द अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार उनीहरुमध्ये खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका थिए ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । टाउको, हातखुट्टालगायतमा चोट लागेको हो । घाइते उमा घरमै सुतिरहेको बेला भूकम्प जाँदा घर भत्किएर शरीरको आधा भाग पुरिएको थियो । त्यसपश्चात् स्थानीयवासीले उध्दार गरेर एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याउन सफल भएको तर प्रहरीलाई बेलैमा खबर गर्दासमेत नआएको स्थानीयवासीको गुनासो छ ।

उमासहित छोरी श्रुती गुरुङ सोही स्थानमा सुतिरहे पनि उनी भने मर्निङवाक जाने भनेर हिँडेको एक मीनेटमै भूकम्प गएको थियो । श्रुती मर्निङवाक जाने भनेर घरबाट हिँडेकाले घाइते हुनबाट जोगिएको उहाँले बताउनुभयो ।

श्रुतीले भन्नुभयो, “घरमा ममी र म मात्र थियौँ,बाबा कामको सिलसिलामा मनाङमा हुनुहुन्छ,अब घर भत्कियो कता कसरी बस्ने भइरहेको छ ।”

टिप्पणीहरू