महामारीमा जेलको बिजोग, क्षमताभन्दा कैदी बन्दी बढि
दुई वर्षदेखि देशका कारागारहरुमा क्षमताभन्दा बढी कैदिबन्दी रहेको कारण अहिले कारागार कोरोनाको नयाँ हटस्पट बन्नसक्ने आँकलन गरिएको छ ।
कारागार व्यवस्था विभागका महानिर्देशक बेदनिधि अधिकारीका अनुसार मुलुकभर रहेका ७४ कारागारमा यतिखेर क्षमताभन्दा २५ हजार बढि कैदीबन्दी रहेका छन् । १६ हजार जनाको क्षमता रहेको कारागारमा ४१ हजार कैदीबन्दी कोचिएका छन् ।
“७४ कारागारमा यतिखेर क्षमताभन्दा २५ हजार बढि कैदीबन्दी छन् । क्षमता १६ हजारको मात्रै हो कारागारमा ४१ हजार कैदीबन्दी कोचिएका छन् ।”
त्यसैले अहिले महामारीको समयमा कारागारको अवस्था गम्भिर रहेको बताइन्छ । अधिकारीका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले महामारीको जोखिम पनि बढेको छ । सँगै बस्दा संक्रमण पुष्टि भएका कैदीहरुलाई अस्पताल वा आइसोलेसन सेन्टरमा राख्ने गरेपनि थेगि नसक्नु हुने डर भएको बताइन्छ ।
भीआइपी कैदीको हालत के छ भनेर सोधिएको जिज्ञासामा उहाँले भन्नुभयो ‘कैदी सबै समान हुन्, भीआइपी नन भीआइपी भन्ने हुँदैन,कैदी इज कैदी’ । कैलाली घटनाका मुख्य आरोपित सांसद रेशमलाल चौधरी (डिल्लीबजार) र रौतहटमा जिउँदा मानिसलाई ईंटा भट्टामा पोल्ने नेपाली काँग्रेसका सांसद मोहम्मद आफ्ताब आलम (नख्खू) पनि अरुझैँ समान व्यवहारमा रहेको अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘हाम्रो देशको कारागार पछिल्लो दिनमा सुधारगृहको रुपमा रुपान्तरण भएको छ ।’ महामारीको समय आफूहरुले घरबाटै खाजा,पानी ल्याएर खाएको बताउँदै कारागारमा कैदीहरुलाई समेत स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न लगाइएको अधिकारीले जानकारी दिनुभयो ।
उहाँले महामारीको बेला कारागारमा रहेका कैदीबन्दीमध्ये कति जनामा संक्रमण पुष्टि भयो र कतिजना संक्रमणुमक्त भए भन्नेबारे आफूसँग यकिन तथ्याङ्क नभएको बताउनुभयो ।
-शिव अधिकारी
टिप्पणीहरू