काँग्रेस टोली प्रधानमन्त्री भेट्न् सिंहदरबार पुग्यो (भिडियो सहित)

काँग्रेस टोली प्रधानमन्त्री भेट्न् सिंहदरबार पुग्यो (भिडियो सहित)

कोरोना महामारी नियन्त्रणमा सरकारी भूमिकाप्रति असन्तुष्ट प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरु प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन् ।

प्रधानमन्त्री कार्यालय पुगेर काँग्रेस नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न माग गरिएको छ ।

काँग्रेसले कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल खोप लगाउनेदेखि अस्पतालमा अक्सिजनको व्यवस्था गर्नुपर्नेसम्मको माग गरेको छ ।

त्यसैगरी,स्वास्थ्य सामग्री खरिद प्रक्रियामा देखिएको अनियमितता, भ्रष्टाचार भ्याक्सिन आपूर्तिमा कमिशनको चलखेल भएको भन्दै ध्यानाकर्षण पत्रमा छानविन गर्न माग गरिएको छ ।

काँग्रेसले नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न,निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन माग पनि गरेको छ । कांग्रेसले अक्सिजन अभाव हटाउन अक्सिजन प्लान्ट र सिलिन्डरको तत्काल आपूर्ति गरी पारदर्शी वितरणको व्यवस्था मिलाउन भनेको छ ।

आवश्यकताअनुसार देशका सबै अस्पतालमा बेड,अक्सिजन, आइसीयु र भेन्टिलेटरसहितको आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था मिलाउन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गरेको छ । त्यस्तै बढीभन्दा बढीको पीसीआर परीक्षण गर्न र स्वाब संकलनका लागि घुम्ती टोलीको व्यवस्था गरी छिटो नतिजा दिन काँग्रेसको माग छ ।

काँग्रेसले बजेटमा स्वास्थ्य पूर्वाधारको ब्यापक बिस्तार गर्ने घोषणा गरेको भएपनि उपलब्धि नगन्य भएको भन्दै चासो देखाएको छ ।

ध्यानाकर्षण पत्र बुझाउन सभापति देउवा,महामन्त्री पूर्णबहादुर खड्का,सहमहामन्त्री प्रकाशशरण महत,नेता रामशरण महतलगायत सिंहदरबार पुगेका छन् ।

टिप्पणीहरू