छ बजेसम्म बादल फाटेर घाम लाग्ला त !

छ बजेसम्म बादल फाटेर घाम लाग्ला त !

हेटौंडामा भर्खरै सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचनको अबको डेढ घण्टापछि मतगणना शुरु हुँदैछ । छ बजेसम्म परिणाम प्राप्त भैसक्ने अपेक्षा गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका–४, भुटनदेवी माध्यमिक विद्यालय हातामा बिहान ९ बजेबाट शुरु भएको मतदान हल्का बर्षातका वीच शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रहरी स्रोतले जानकारी गराएको छ ।

दिउँसो पौने तीन बजेसम्म बुथ क, ख,ग,मा गरी जम्मा ३४२ खसेको थियो । जबकि जम्मा खस्नुपर्ने मत ३ सय ४७ मात्रै हो । मतदानमा कोरोना संक्रमित २५ जनाले भाग लिएका थिए ।
बागमती प्रदेशसभा सदस्य १ सय १० जनामध्ये एकजना पशुपति चौलागाईंको गतहप्ता मृत्यु भएको छ भने प्रदेशअन्तर्गत १३ जिल्लाको १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना मतदाता रहेका छन् ।

प्रदेशसभा सदस्यको एक मतको मतभार ४८ हुन्छ भने स्थानीयतहका प्रमुख-उपप्रमुख एक जनाको मतभार १८ हुन्छ ।

दिउँसो सवा १ बजेसम्म ४८ मतभार भएका सांसदहरुमध्ये १ सय जनाले मतदान गरेका छन् । तीमध्ये ५ जना कोरोना संक्रमित थिए ।

टिप्पणीहरू