सर्वोच्चले खाइदियो माओवादी मन्त्रीहरुको पद
सँविधानको धारा ७८ को उपधारा १,२ र ३ एक चोटिका निम्ति मात्रै हो,पटकपटक प्रयोग हुने हैन भन्दै सर्वोच्च अदालतले माओवादीबाट एमाले प्रवेश गरी मन्त्री बनेकाहरुको पद खाइदिएको छ ।
उनीहरुले खाएको शपथ पनि बदर गरिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको एकल इजलासले भर्खरै दिएको आदेशानुसार आजैका मितिदेखि गृहमन्त्री रामबहादुर थापा “बादल”,उर्जामन्त्री टोपबहादुर रायमाझी,उध्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट,खेलकुद मन्त्री दावा लामा,खानेपानी मन्त्री मणि थापा,शहरी विकास मन्त्री प्रभू साह,श्रममन्त्री गौरीशंकर चौधरीसहित ७ जनाको पद गएको छ । उनीहरु माओवादीबाट एमाले प्रवेश गरेपछि पार्टीले सभासदबाट हटाएको थियो ।
प्रधानमन्त्री केपी ओलीले उनीहरूलाई साँसद नै नभए पनि दोश्रोपटक भर्खरै मन्त्री नियुक्त गर्नुभएको थियो ।
सर्वोच्चको आदेशमा संविधानको धारा ७८ (१) बमोजिम नियुक्त मन्त्रीले सपथ खाएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्नेमा त्यसो नगरी पुनः दोस्रोपटक नियुक्त गरिनु उपधारा १, २, ३ को व्यवस्था विपरीत देखिएकाले उनीहरुलाई मन्त्रीको हैसियतमा कुनै पनि काम कारवाही नगर्नु,गर्न नदिनु भनिएको छ ।
अधिवक्ता विराज थापा र कपिलदेव ढकालले सात मन्त्रीको नियुक्ति बदर माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले भर्खर उक्त आदेश दिएको हो।
टिप्पणीहरू