उदयपुरभर झन कडा निषेधाज्ञा

उदयपुरभर झन कडा निषेधाज्ञा

उदयपुरमा लागू निषेधाज्ञाको अवधि बढाउने निर्णय भएको छ । बैशाख २४ गतेदेखि जेठ ७ गतेसम्मको निषेधाज्ञा अवधिलाई लम्ब्याएर जेठ १४ गते रात १२ बजेसम्मको लागि थप गर्ने निर्णय डिएमसीसी उदयपुरले गरेको हो ।

नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डअपनाउँदै खाद्य सामग्री,तरकारी,फलफूल,अण्डा, माछा मासु र औषधी (भेटनरीसमेत) का पसल भने बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गर्न दिने निर्णय भएको छ ।

निषेधाज्ञाको समयमा जनजीवन सहज होस् भनेर दुई घण्टे अत्यावश्यक पसल खोल्ने निर्णय गरिएको हो ।

केन्द्रको बैठकले सार्वजनिक आवागमन,भेला,जमघट र समारोहमा पूर्णरुपमा प्रतिवन्ध लगाए पनि अस्पताल आवत जावत,औषधि किन्न,बिरामी कुरुवा,मृत्यु संस्कार र आपतकालीन अवस्थामा बाहेक घरबाहिर हिडडुल गर्न पाइने छैन ।

अटेरीहरुलाई संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार कारवाही गर्ने सूचना छ । जेठ ६ गतेसम्म उदयपुरमा कोरोना संक्रमितको संख्या ५०९ र १६ जनाको निधन भएको छ ।

टिप्पणीहरू