महन्थले अब प्रधानमन्त्री बन्न मान्लान् ?
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो साँझ एकाएक नयाँ सरकार गठनका लागि आव्हान गरेपछि राष्ट्रिय राजनीति तरंगित छ । कानुनका जानकार र राजनीतिक दलहरुले राष्ट्रपतिको आव्हानलाई असंवैधानिक भन्दै चर्को विरोध गरेका छन् ।
राष्ट्रपतिले हिजो साँझ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि २० घन्टाको समयसीमा तोकेर सूचना जारी गरेपछि विपक्षी दलहरु आगामी रणनीति बनाउन छलफलमा जुटेका छन् ।
भेटमा यादवले जसपाकै अर्का महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गरेको बुझिएको छ ।
यसैबीच,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । भेटमा यादवले जसपाकै अर्का महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गरेको बुझिएको छ ।
काँग्रेससँग छलफल गरेर जवाफ दिने बताउनुभएका प्रचण्ड अहिले काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि बूढानिलकण्ठतर्फ लागेको बताइएको छ ।
काँग्रेसले आजै पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ भने माओवादीले पनि स्थायी कमिटीको बैठक डाकेको छ । एमालेको माधव नेपाल समूह पनि आन्तरिक छलफलमा जुटेको सो समूहका एक नेताले बताएका छन् । काँग्रेस बैठकले राष्ट्रपतिमाथि महाभियोग लगाउनुपर्ने ठहर गरेको छ ।
यता,जसपाका अध्यक्ष यादव र ठाकुर समूहबीच अपरान्ह १२ बजे पार्टी कार्यालयमा छलफल हुने बुझिएको छ । त्योभन्दा अगाडि नै महन्थ ठाकुर,राजेन्द्र महतो पक्षका साँसदहरु सिंहदरवारमा भेला भएका छन् ।
यसैवीच भर्खर सम्पन्न काङ्ग्रेस पदाधिकारी बैठकबाट राष्ट्रपति र प्रधानमन्त्रीले पटकपटक संविधान उल्लंघन गरेकोले सो कार्य रोक्नको लागि हरसम्भव प्रयास गर्ने,अन्य राजनैतिक दलसंग समेत छलफल गर्ने निर्णय भएको छ ।
टिप्पणीहरू