चारदलीय छलफल केही बेरमा, माधव पनि जाने

चारदलीय छलफल केही बेरमा, माधव पनि जाने

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो साँझ एकाएक नयाँ सरकार गठनका लागि आव्हान गरेपछि राष्ट्रिय राजनीति तरंगित भएसङ्गै विपक्षी दलहरु आगामी रणनीति बनाउन छलफलमा जुटेका छन् ।

केहीबेरमा प्रमुख चार दलका शीर्ष नेताहरुको बैठक बस्न लागेको बुझिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एमाले बरिष्ठ नेता माधवकुमार नेपाल,जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुको बैठक बस्ने बताइएको छ ।

चारपक्षीय छलफलले निकाल्ने निष्कर्षका आधारमा थप रणनीति बनाउने तयारी छ । एमालेको माधव नेपाल पक्षसमेत विपक्षी गठवन्धनको छलफलमा जाने भएपछि नयाँ राजनीतिक परिस्थिति बन्नसक्ने अनुमान गरिएको छ ।

यसवीच भर्खरै सम्पन्न काँग्रेस बैठकले राष्ट्रपतिमाथि महाभियोग लगाउनुपर्ने ठहर गरेको छ ।

टिप्पणीहरू