जर्मनीका सञ्चारमाध्यमद्वारा प्रधानमन्त्री ओलीको आलोचना
जर्मनीको अन्तर्राष्ट्रिय प्रसारण संस्था डचेवेले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको छ ।
सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि त्यसतर्फ गएका आरोहीहरूमा कोभिड १९ को कुनै पनि समस्या नभएको भनी प्रधानमन्त्री ओलीले हालै दिनुभएको अन्तर्वार्ताप्रति उसले चर्को प्रतिक्रिया जनाउँदै आलोचनात्मक समाचार प्रशारण र प्रकाशन गरेको हो ।
‘सगरमाथा क्षेत्रमा कोरोना संक्रमण देखिएकोबारे प्रधानमन्त्रीको अस्वीकारोक्ति त्यसैको द्योतक रहेको डचेवेलेले दाबी गरेको छ ।’
गत वर्ष कोरोना संक्रमणको पहिलो लहरमा शिखर आसपास भएका आरोहीहरूको भीडले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रमुखता पाएपछि यो वर्ष उनीहरूलाई भिडियो क्यामेरा वा स्मार्टफोन प्रयोग गरी भिडियो तथा फोटो खिच्न प्रतिबन्ध लगाइएकोबारे पनि डचवेलेले उल्लेख गरेको छ ।
Nepals Regierung leugnet weiter hartnäckig, dass es unter den Bergsteigern am Mount Everest ein COVID-19-Problem gibt. In zwei Nachbarländern haben die Ereignisse am höchsten Berg der Erde schon zu Konsequenzen geführt.
Die Mauer des Schweigens bröckelt. Seit mehreren Wochen ist es ein offenes Geheimnis, dass COVID-19 auch den Weg ins Basislager zu Füßen des Mount Everest gefunden hat. Doch die Regierung Nepals leugnet nach wie vor hartnäckig, dass die dramatische Corona-Lage im Land auch das abgelegene Zeltlager nahe der Grenze zu China erfasst hat, in dem sich während der Gipfelsaison hunderte Bersteiger gleichzeitig aufhalten. Der Erste, der öffentlich über einen massiven COVID-19-Ausbruch sprach, war der österreichische Expeditionsleiter Lukas Furtenbach.
सगरमाथामा कोभिड १९ को प्रकोप फैलिएकोबारे सार्वजनिक रूपमा अभिव्यक्ति दिने अष्ट्रियाको सगरमाथा अभियानका टोली प्रमुख लुकास फुर्टनबाच पहिलो हुन् ।
उनले सगरमाथा आरोहणलाई आधार शिविर पुगेलगत्तै स्थगित गरेका थिए । आधार शिविर पुगेपछि कोरोनाको प्रकोप बढेको भन्दै अभियान रद्ध गरेका उनले आरोहणको निम्ति गएका सबै टोली,विमानका पाइलटहरू,बीमा कम्पनी,हिमालयन उध्दार संघलगायत सबैलाई थाहा हुँदाहुँदै पनि आरोही र अन्य मानिसलाई आधार शिविरमा पठाउनु कानुनी रूपमा लापरवाही र अमानवीय कार्य बताएको पनि डचवेलेले जनाएको छ ।
सगरमाथा आरोहणका लागि त्यहाँ पुगेका अन्य टोली भने आगामी दिनमा पर्यटन मन्त्रालयले आरोहण अनुमति नदिने डरले चुप लागेको हुनसक्ने जर्मन प्रसारण संस्थाको आँकलन छ ।
नेपाल सरकारले रोयल्टीको लोभमा कोरोना संक्रमणका वीच पनि सगरमाथा आरोहणको अनुमति दिँदै आएको उसले आरोप लगाएको छ । आधार शिविर र सगरमाथा क्षेत्रमा कोरोना संक्रमण देखिएकोबारे प्रधानमन्त्रीको अस्वीकारोक्ति त्यसैको द्योतक रहेको डचेवेलेले दाबी गरेको छ ।
टिप्पणीहरू