नागरिकता अध्यादेश पर्सि रोकिने सम्भावना,मन्त्री र प्रदेश प्रमुख भन्छन्-‘मुलुक फिजी बन्छ’(भिडियो सहित)

नागरिकता अध्यादेश पर्सि रोकिने सम्भावना,मन्त्री र प्रदेश प्रमुख भन्छन्-‘मुलुक फिजी बन्छ’(भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गर्नुभएको नागरिकता (पहिलो संशोधन २०७८) अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि भोलि सुनुवाइ हुने भएको छ ।

मधेशवादी दल र तिनका केही नेताको मागमा सरकारले आफ्नो निरन्तरताको शर्तसहित नागरिकता अध्यादेशलाई ‘बार्टर’ बनाएको आरोप लागेको छ ।

‘नागरिकता भनेको बसको टिकट होइन,जसलाई मन लागेको बेलामा लिन सकियोस् !”

खरो स्वभावका न्यायाधीश डा.आनन्दमोहन भट्टराई या इश्वरप्रसाद खतिवडाको इजलासमा प्रारम्भिक छलफल हुने सम्भावना रहेको उक्त अध्यादेशविरुध्द अन्तरिम आदेश जारी हुने सम्भावना प्रवल रहेको कानुन व्यवसायीहरु बताउँछन् । नागरिकता वितरण विनियमावली तर्जुमा गरेर मात्र हुनुुपर्ने भएकाले अदालतले सोहिबमोजिम पहिले कार्यविधि बनाउन आदेश दिने सम्भावना रहेको बताइन्छ ।

गत वर्ष संसदको राज्यव्यवस्था समिति बैठकमा बोल्दै अहिलेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले एक सुकाको सिन्दूर एउटा हातबाट लगाएर पारिबाट आएका बुहारीलाई अर्को हातले नागरिकता दिइएको बताउनुभएको थियो । संसारमा कहाँ छ यो ? भन्दै उहाँले नागरिकतासम्बन्धी विधेयकमाथि टिप्पणी गर्दै ‘यसरी आएका केही बुहारीले अहिले नै हैरान खेलाएको’ उल्लेख गर्नुभएको थियो ।

“उहाँले नागरिकतासम्बन्धी विधेयकमाथि टिप्पणी गर्दै ‘यसरी आएका केही बुहारीले अहिले नै हैरान खेलाएको’ उल्लेख गर्नुभएको थियो ।”

उहाँले त्यो बेला भन्नुभएको थियो ‘नागरिकता भनेको बसको टिकट होइन,जसलाई मन लागेको बेलामा लिइन्छ । नागरिकता भनेको राष्ट्र रहने वा नरहने विषयसँग जोडिएको छ । नागरिकता भनेको एउटा आमाले सन्तान जन्माएझैं हो नागरिकता दिने भनेको ।’

त्यहि बेला उहाँले समितिका सबै सदस्यको अगाडि जथाभावी नागरिकता बाँडेको कारण फिजी र मौरिससको हालत के भएको थियो भन्नेतर्फ ध्यान दिन आग्रह गर्नुभएको थियो । तर अहिले उहाँकै क्याबिनेटले नागरिकता अध्यादेशलाई जस्ताको तस्तै जारी गर्न लगाएको छ ।

उता,प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले अंगिकृत नागरिकलाई सबै अधिकार दिएमा बढीमा दुई वटा निर्वाचनमा फिजी जस्तै बन्ने चेतावनी यसअघि नै दिनुभएको थियो । उहाँले देश जोगाउने भए अंगिकृत नागरिकलाई राजनीतिक अधिकार दिन नहुने बताउनुभएको थियो ।

उहाँले संसदमा हिन्दी भाषामा बोल्ने भए सबैभन्दा पहिले संविधान संशोधन गर्नुपर्ने समेत बताउनुभएको थियो । उहाँले आफ्नै परिवार (आमा र भाइ बुहारी) को उदाहरण दिँदै नेपाललाई फिजीकरण हुनबाट जोगाउन अंगिकृत नागरिकलाई राजनीतिक अधिकार दिन नहुने बताउनुभएको थियो । उहाँको तर्क थियो-नेपालमा ‘घरभित्र नेपाली बोल्ने र संसदमा हिन्दी बोल्ने पात्रहरु धेरै भए ।’

अहिराजले पहिलेका उपराष्ट्रपति परमानन्द झाको उदाहरण दिँदै भन्नुभएको थियो-सर्वोच्च अदालतमा ‘न्यायाधीश भएर जागिर खाएका व्यक्तिले पछि उपराष्ट्रपति हुँदा मलाई नेपाली आउँदैन भन्नुभयो । अंगिकृत नागरिकता लिनेको बाढी यसैगरी आयो भने मधेशमा रहेका वंंशजका नागरिकहरु सँधै मतदातामा सीमित हुनेछन् ।’

टिप्पणीहरू