पासो लगाएको टिकटक बनाउँदा बालिकाको मृत्यु
उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का जीतबहादुर बस्नेतकी ११ वर्षीया छोरी सञ्जिता बस्नेतले पासो लगाएको टिकटक बनाउने क्रममा मृत्यु भएको छ ।
उनले मुढामाथि अर्को मुढा राखेर आफ्नै घाँटीमा सलको पासो लगाएको टिकटक बनाउँदा गोडा चिप्लिएर घाँटीमा पासो कस्सिएपछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनको मोबइलमा खिचिएको भिडियोको अध्ययन गरेपछि उक्त निष्कर्ष निकालिएको बताइन्छ ।
उनले मोबाइल तल राखेको र घाँटीमा सलको पासो लगाएपछि बाई बाई गरेको भिडियो फुटेज रेकर्ड भएको मोबाइलमा देखिन्छ । भिडियो फुटेज थप अनुसन्धानको क्रममा रहेको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताउनुभएको छ ।
हिजो साँझपख आमाबुबा भान्साकोठामा खाना खाइरहेको समयमा अर्को कोठामा गएर छोरीले टिकटक बनाउन शुरु गरेकी थिइन् ।
टिप्पणीहरू