सभामुखकोमा संविधानविद् र विज्ञहरु सामेल
सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद्,कानुन तथा न्यायिक क्षेत्रका विज्ञहरुसँग अहिले बैठक गर्ने हुनुभएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्हाेत्से हलमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार राति गर्नुभएको प्रतिनिधिसभाको विघटनबारे परामर्श हुने बुझिएको छ ।
यसअघि उहाँले पूर्वसभामुखहरुसँग पनि सोही विषयमा परामर्श गर्नुभएको थियो ।
टिप्पणीहरू