महिलामाथि कहिलेकाहिँ महिलाबाटै हिँसा

महिलामाथि कहिलेकाहिँ महिलाबाटै हिँसा

तेस्रो राष्ट्रिय महिला अधिकार दिवस ‘महिलाको सुरक्षा र अधिकार, संकटकालीन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने नाराका साथ मनाइएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सातै प्रदेशबाट एक एक जना उत्कृष्ट महिला उद्यगीलाई राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारको निम्ति नाम घोषणा गरिएको थियो । पुरस्कृतहरुलाई महिला मन्त्रालयले अनुकूल समयमा विशेष कार्यक्रमको आयोजना गरेर १ लाख नगदसहित कदर पत्र प्रदान गर्ने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको शुभकामना सन्देशमा लैगिक समानता तथा महिला अधिकार सुनिश्चितताको लागि लामो समयदेखि भएका संघर्षहरुलाई आजको दिनले सम्मान र पहिचान गरेको बताउनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि हुने कुनैपनि किसिमका हिंसा सह्य नहुने भएकाले सरकार त्यसतर्फ चनाखो रहेको बताउनुभएको छ । उहाँले महिलामाथि हुने हिंसामा कतिपय अवस्थामा महिलाहरु नै संलग्न हुनुलाई गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले देशमा लैगिक हिंसा विकराल सामाजिक रोगको रुपमा बढ्दै र फैलिँदै गएकोले हिंसा नियन्त्रणमा राज्यले अवलम्बन गरेका कानुनी व्यवस्थाहरु निरर्थक रहेको बताउनुभयो ।

नेपाली महिलाको अधिकारलाई नीतिगत र कानुनीरुपमा सुनिश्चित गर्ने आधार संसदबाट निर्माण गरिएको सोही दिनका स्मरणस्वरुप जेष्ठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउन थालिएको हो ।

 

टिप्पणीहरू