हिजो विपक्षी गठबन्धनका नेता कहाँ पुगे,के सुने ?

हिजो विपक्षी गठबन्धनका नेता कहाँ पुगे,के सुने ?

हिजो बिहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पाँच वटा विपक्षी दलका नेताहरुवीच भेटघाट भयो ।

लगत्तै उहाँहरुले सरकारका पछिल्ला गतिविधिको आलोचना गर्दै विज्ञप्ति प्रकाशित गर्नुभएको थियो,जसमा कामचलाउ सरकारले संविधानको भावना र मर्म विपरित बजेट ल्याएकाले सबै क्षेत्र र कर्मचारीलाई सरकारलाई असहयोग गर्न आह्वान गरिएको छ ।

भेटघाटमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल,ज्ञानेन्द्र कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा,एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल,जसपाका अध्यक्ष उपेन्द्र यादव र नेता डा.बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत हुनुुहुन्थ्यो । त्यसअघि प्रचण्ड र नेता नेपालबीच कोटेश्वरमा भेटघाट भएको थियो ।

छलफलमा राजपाको एउटा समूह सरकारमा जानेबारे पनि प्रसंग उठेको थियो । तर,राजपाले अदालतबाट नागरिकता अध्यादेशसम्बन्धी मुद्दामा आउने आदेशलाई कुरेको हुनसक्ने अड्कल लगाइएको थियो ।

सँगसँगै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा किनारा नलागेसम्म सरकारमा जान नहुने मत पनि जसपाको ठाकुर महतो समूहमा बलियो हुँदै गएको बताइन्छ ।

यता,बालुवाटारमा पनि संसद विघटनको सिफारिसपछि किचेन क्याबिनेटका सदस्यबाहेक ३ नम्बर गेटबाट भित्र बाहिर गर्नेहरुको संख्या निकै पातलिएको स्रोतले बताइएको छ ।

टिप्पणीहरू