संक्रमण बढेपछि जुम्लाको रावतबाडा सील

संक्रमण बढेपछि जुम्लाको रावतबाडा सील

कोरोना महामारीको दोस्रो लहर शहर र घना आवादीको क्षेत्रपछि ग्रामीण भेगमा देखिन थालेको छ । जुम्लाको तातोपानी गाउँपालिकामा संक्रमणदर बढ्न थालेपछि उक्त पालिकाको वडा नं. ६ रावतबाडा एक साताको लागि सील गरिएको छ ।

रावतबाडामा २७ जनाको एन्टिजेन परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताउनुभएको छ ।

धितालका अनुसार हिजो मात्रै रावतबाडामा थप १ सय ९ जनाको पीसीआर गरिएको र सोको नतिजा आएको छैन ।

दोस्रो लहरको महामारीमा गाउँपालिकामा हालसम्म कसैले पनि ज्यान नगुमाए पनि संक्रमणको चपेटामा धेरै जना परेको धितालले बताउनुभएको छ ।

टिप्पणीहरू