न पीसीआर घट्यो,न संक्रमण न त मृत्यु: प्रवक्ता पौडेल

न पीसीआर घट्यो,न संक्रमण न त मृत्यु: प्रवक्ता पौडेल

पछिल्लो सातादेखि पीसीआर परीक्षणमा कमि हुँदै आएपछि परीक्षणदर घटाइएको विषयमा सर्वत्र चर्चा हुन थालेको छ । पछिल्लो पटक हिजो बुधवार १६ हजार ८ सय ७८ नमूना परीक्षण गर्दा ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । उक्त संख्या परीक्षण गरिएका नमूनाको ३१.४९ प्रतिशत हो ।

झ्वाट्ट हेर्दा मृत्यु हुनेको संख्यामा पनि केही कमि आएको छ । आज ७५ जनाको मृत्यु भएको छ । हिजो यो संख्या १ सय १ थियो । यसरी परीक्षण दरसँगै संक्रमित र निधन हुनेको संख्या घट्न थालेपछि संक्रमणको जोखिम छँदै सरकारले निषेधाज्ञा खुकुलो बनाउने रणनीति लिएको आशंका गर्न थालिएको हो ।

तर,स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवम् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले निषेधाज्ञाको कारण धेरै जना पीसीआर परीक्षण गर्न नआएको हुनसक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो ‘सरकारले पीसीआर परीक्षण नघटाएको बरु एन्टीजेन परीक्षण ७७ वटा जिल्लामा पुर्याएको ।’

यता,जनस्वास्थ्यविद्हरुले भने संक्रमणको जोखिम नघटेको बरु भुसको आगोझैँ भित्रभित्रै फैलिरहेको बताएका छन् । उनीहरुका अनुसार शहरी क्षेत्रमा केही कमि देखिनुको कारण निषेधाज्ञा हुनसक्ने आँकलन गरिएको छ । तर,ग्रामीण भेगमा संक्रमणको दर ह्वात्तै बढेकाले तत्काल निषेधाज्ञा हटाउनु मूर्खतापूर्ण काम हुने कोरोना रोकथाममा सक्रिय चिकित्सकहरुले बताएका छन् ।

अस्पताल र शहरी क्षेत्रमा भएको मृत्युको संख्याभन्दा ग्रामीण भेगमा देखिएको मृत्युको लहरले परिस्थिति अझै डरलाग्दो गरी अघि बढेको बताइन्छ ।

टिप्पणीहरू