‘नेपाल भेरियन्ट’ छैन : विश्व स्वास्थ्य संगठन
बेलायतको एउटा सञ्चारमाध्यमले कोरोना भाइरसको ‘नेपाल भेरियन्ट’ भेटिएको दाबी गरेपनि विश्व स्वास्थ्य संगठनले भने नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट नभेटिएको बताएको छ ।
संगठनको नेपालस्थित कार्यालयले नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) बाहेक कोरोना भाइरसको नयाँ प्रजाति भेटिएको बारे कुनै जानकारी नभएको बताएको छ ।उसले भनेको छ ‘हालसम्म भेटिएका तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट चाँहि डेल्टा (बी.१.६१७.२) हो ।’
टिप्पणीहरू