ठूलो साँचो
महामहिम राष्ट्रपतिलाई नगरमा अभिनन्दन गरिँदै थियो । उहाँ धेरै वर्षपछि जो राजकीय भ्रमणमा आउनुभएको थियो । कार्यक्रम निर्धारित सूचीअनुसार अघि बढ्दै थियो । कसैले फूलमाला चढाए । कसैले दोसल्ला ओढाए । कसैले अभिनन्दनपत्र टक््रयाए । एक समय आयो, नगरको साँचो हस्तान्तरण गर्ने । यो काठमाडौं नगरको आफ्नै परम्परा रहेछ ।
जसै नगरप्रमुख नगरको साँचो लिएर उहाँसामु पुगे, महामहिम राष्ट्रपतिले सोध्नुभयो, ‘यो के हो बन्धु ?’
नगर प्रमुखज्यूले मन्द मुस्कुराउँदै भन्नुभयो, ‘यो नगरको साँचो हो महामहिम । हजुरलाई टक््रयाउन ल्याएको ।’
‘नगरको साँचो ?’ महामहिमले किञ्चित निधार खुम्च्याउनुभयो । केही सम्झने प्रयास गर्नुभयो । अनि बिस्तारै भन्नुभयो, ‘यो त अघि बिहानै टक््रयाइसकेको थियो होइन र ?’
‘बिहान ?’ नगर प्रमुखज्यू अल्मलिनुभयो, ‘बिहान मैले त टक््रयाएको थिइन महामहिमज्यू ! हजूरसँग मेरो भेटै भर्खर हुँदैछ, कसरी बिहान टक््रयाउनु ?’
‘बिहान तपाइँले टक््रयाएको होइन,’ महामहिमले स्पष्ट पार्दै भन्नुभयो, ‘तपाईंको प्रधानमन्त्रीज्यूले टक््रयाउनुभएको हो ।’
‘हँ ? हो र ? त्यो कुन साँचो प¥यो त उसोभए ? नगरको साँचो त भर्खरै टक््रयाउँदै छाँै ।’ नगर प्रमुखज्यूले असहज मान्दै भन्नुभयो ।
‘खोइ मलाई के थाहा बन्धु !,’ महामहिमज्यूले उस्तै असहज मान्नुभयो, ‘तपाइँको प्रधानमन्त्रीले साँचो दिनुभयो । मैले लिएँ । त्यो साँचो बरु योभन्दा पनि ठूलो थियो ।’
अब भने नगर प्रमुखज्यूले सोच्न सक्नुभएन । नगरको साँचो त भर्खर आफूले दिँदैछु, प्रधानमन्त्रीज्यूले केको साँचो दिनुभएछ ? बिना कुनै कार्यक्रम, बिना कुनै जानकारी, केको साँचो दिनुभयो उहाँले ? नगरप्रमुखज्यूको मुहारमा प्रश्नै प्रश्नको माखेसांग्लो देखा प¥यो ।
टिप्पणीहरू