​बाधक बन्दै असंख्य बागी

इलामका चार नगरपालिकासहित १० स्थानीय तहका लागि १६ सय १ जनाले मनोनयन दर्ता गराएका छन् । मनोनयन भइरहँदा इलाम कांग्रेसमा भने बागी उम्मेदवारको पिरलो थपिएको छ । सदरमुकामको नगरपालिकामै कांग्रेसका दुई जना बागी उम्मेदवार छन् ।

उपप्रमुखमा ज्योतिमाला प्रधान र वडा नम्बर–७ मा बागी उठेका छन् । यसरी नै चुलाचुली गाउँपालिकाको अध्यक्षमा अनुप अधिकारी बागी बनेका छन् । यसरी नै सबैभन्दा ठूलो नगरपालिका सूर्योदय वडा नं. १० मा पनि कांग्रेसबाट बागी उम्मेदवार छन् । यहाँ डम्बरबहादुर प्रधानले मनोनयन दर्ता गराएका छन् । यसअघि पनि सूर्योदय नगरपालिका प्रमुखमा उम्मेदवारी नदिएको भन्दै क्षेत्रीय सभापति दुर्गा बरालसहित १५ जनाले राजीनामा दिएका थिए । प्रेम चाम्लिङलाई टिकट दिएपछि राजीनामा दिएका बरालसहितको टिमलाई प्रदेशमा उठाउने शर्तमा बल्लतल्ल मनाइएको थियो । 

सासू र बुहारीको पालो

सन्दकपुर गाउँपालिका–१ मा भने एकाघरका सासू–बुहारी प्रतिस्पर्धामा उत्रिएका छन् । साविक माईपोखरी गाविस र हाल सन्दकपुर–१ की ६२ वर्षीया सासू दिलमाया कमिनी  एमालेबाट र कान्छी बुहारी २८ वर्षीया सीतादेवी विश्वकर्मा माओवादी केन्द्रबाट दलित महिला उम्मेदवार बनेका हुन् । सो वडामा अन्य दलको दलित महिला उम्मेदवार नभएकाले सासू–बुहारीबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो ।

टिप्पणीहरू