जित्नेलाई कारबाही

चुनाव बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी अहिले चुनावको नतिजा देखेर चकित छ । किनभने पार्टीले बहिष्कार गरे पनि कार्यकर्ताले भने चुनाव जितिरहेका छन् । राजपाले बहिष्कार गरेको चुनाव स्वतन्त्र उम्मेदवारहरूले ठाउँ–ठाउँमा जितेका छन् । अब बहिष्कारै गर्दा त जित्न सकिन्छ भने भाग लिएको भए झन् के पो हुन्थ्यो होला ?

सुनिन्छ, चुनावमा भाग लिएका कार्यकर्तालाई राजपाले कारबाही गर्दै छ रे ! कारबाहीचाहिँ के गर्ने हो कुन्नि । चुनावमा लडेर पनि जो हारे तिनलाई जनताले नै कारबाही गरेको भयो । चुनाव हार्नु जनताले कारबाही गर्नु हो । तर, चुनाव जितेर जो आए उनलाई कसरी कारबाही गर्नु ? चुनाव जित्नु भनेको त जनताले विश्वास गर्नु हो । अब जसलाई जनताले विश्वास ग¥यो उसैलाई कारबाही गर्ने हो भने यो कस्तो लोकतन्त्र भयो ? लोकले पत्याएको कार्यकर्तालाई नै कारबाही गर्ने भएपछि त्यो त लोकतन्त्रै भएन नि !

अनि फेरि जनताले पत्याएका कार्यकर्ता जतिलाई कारबाही गरेर फालेपछि पार्टीमा चाहिँ को बस्छ नि ? जनताले नपत्याएका, चुनावमा उठे पनि हार्ने सम्भावना भएका, जनताले भोटै नदिने खालका…यस्ता कार्यकर्ता मात्रै पार्टीमा बस्ने हो कि ?

टिप्पणीहरू